बुटवल, २५ असारः स्वस्थ्य जीवनका लागि सबैले आआफ्नो जीवनशैली परिवर्तन गर्नुपर्नेमा जोड दिइएको छ । बुटवल स्थित लुम्बिनी अञ्चल आयुर्वेद औषधालयले शनिबार बुटवल क्षेत्रका स्वास्थ्यकर्मीलाई स्वस्थ्य जीवनशैली कार्यक्रम अन्तर्गत नसर्ने रोगको बढ्दो जोखिम तथा अव्यवस्थित जीवनशैलीका बारेमा गरेको अभिमुखीकरण कार्यक्रममा सहभागीले जीवनशैली व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका हुन ।
कार्यक्रममा आयुर्वेद क्षेत्रका विज्ञले जीवन शैली व्यवस्थित गर्न सकिएमा रोग लाग्नबाट बच्न सहज हुने भएकाले यसबारे समुदायलाई सचेतना जरुरी रहेको बताएका छन । जनचेतनाका लागि स्थानीय स्वास्थ्यकर्मीको भूमिका महत्वपूर्ण हुने भएकाले यस किसिमको कार्यक्रम गरिएको कार्यक्रम संयोजक विष्णुहरि आचार्यले बताउनुभयो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका स्वास्थ्य संयोजक एवं अञ्चल आयुर्वेद औषधालयका प्रमुख डा रमेश केसीले बढ्दो शहरीकरण र अव्यवस्थित जीवन शैलीका कारण उच्च रक्तचाप, मधुमेह, दम, क्यान्सर जस्ता नसर्ने रोग अहिले चुनौतीका रुपमा रहेकाले ती रोगबाट बच्नका लागि अपनाउनुपर्ने जीवनशैलीका बारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा सामुदायिक प्राकृतिक चिकित्सालय रजहरका प्रमुख डा विनोद पौडेलले निष्कृय जीवनशैलीले विभिन्न रोग निम्त्याउने भन्दै स्वस्थ्य जीवन बिताउन सचेतना जरुरी रहेको बताउनुभयो ।
रासस
स्वस्थ जीवनका लागि व्यवस्थित जीवनशैली आवश्यक
Warning: Trying to access array offset on false in /home/healthne/public_html/wp-includes/media.php on line 812
Warning: Trying to access array offset on false in /home/healthne/public_html/wp-includes/media.php on line 818

Leave a Reply