हेल्थ टुडे,
काठमाडौं, ३२ असारः सेप्सिसको उच्च जोखिममा रहदै आएका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गएरातिबाट अचानक थप जटिल बनेको छ ।
रातको २ बजे आसपास अचानक छातीमा असह्य पिडा र सास फेर्न गाह्रो भएपछि डा. केसीले सहयोगका लागि आग्रह गरेका थिए । सो अवस्थामा मेडिकल टिमले जाँच गर्दा, रगतमा अक्सिजनको मात्रा ६० , श्वासप्रश्वासको गति ४० र मुटुको गति १२० को हाराहारीमा पुगेको थियो ।
गएराति बाटै डा केसीको इसिजिमा एक्टोपिक बिट्सहरु देखिन थालेको छ । रगतमा इलेक्ट्रोलाइट्सहरुको घटबढ भएपश्चात मुटुको चालमा परिवर्तन भइ यस किसिमका एक्टोपिक बिट्सहरु देखिने उपचारमा संलग्न चिकित्सक बताउँछन् ।
यसरी मुटुको चाल परिवर्तन हुनु खतराको संकेत भएको बताउनुहुन्छ उपचारमा संलग्न चिकित्सक डा. धिरज गुरुङ । उहाँका अनुसार यस किसिमका चालहरु आइरहेमा बिरामीको मुटु जुनकुनै बेला पनि बन्द हुनसक्छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा. पुजन रोकायाका अनुसार अस्पतालले इमर्जेन्सी म्यानेजमेन्टका लागि उपकरण र औषधिहरु तयारी अवस्थामा राखेको भएतापनि डा. केसीलाइ सेप्सिस भएमा वा धड्कन बन्द भएर आइसियुमा राख्नुपर्ने अवस्था आएमा यहाँ भन्दा सुविधा सम्पन्न सेन्टरमा रिफर गर्नुपर्ने हुनसक्छ ।
Leave a Reply