• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 21st, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डा केसीको जीवन रक्षाका लागि अग्रसरता लिनु सरकारको दायित्व

July 16th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डा केसीको जीवन रक्षाका लागि अग्रसरता लिनु सरकारको दायित्व

काठमाडौँ, ३२ असारः नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आमरण अनशनरत डा गोविन्द केसीका मागप्रति गम्भीर हुन सरकारलाई आग्रह गर्नुभएको छ ।
सभापति देउवाले आज एक विज्ञप्ति मार्फत डा केसीको स्वास्थ्य स्थिति थप बिग्रंदै गएको खबरले आफूलाई गम्भीर बनाएको उल्लेख गर्दै यसमा सरकार वार्ता मार्फत समाधानका लागि गम्भीर नहुनुलाई झनै गम्भीर विषयका रुपमा लिएको बताउनुभएको छ ।
सभापति देउवाले चिकित्सा शिक्षामा सुधारका लागि अनशनरत डा केसीसँग वार्ता गरी उहाँका माग सम्बोधन गर्दै उहाँको जीवन रक्षाका लागि तत्कालै अग्रसरता लिनु सरकारको दायित्व रहेको स्मरण गराउनुभएको छ ।
सभापति देउवाले अप्रिय घटना भएको खण्डमा सम्पूर्ण दोषको जिम्मेवारी सरकारको हुने मात्रै होइन, चिकित्सा शिक्षामा सुधारको अभियानका प्रति नै गम्भीर घात हुने चेतावनी समेत दिनुभएको छ ।

डा केसी चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै १७ दिनदेखि जुम्लामा आमरण अनशनरत हुनुहुन्छ । उहाँको यो १५ औँ आमरण अनशन हो । यता काँग्रेसले प्रतिनिधि सभाको आजको बैठकमा डा केसीका माग सम्बोधनमा सरकार गम्भीर नदेखिएको भन्दै सदन अवरुद्ध गरेको छ ।
साथै नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सचिवालय (स्थायी समिति) बैठकले अनशनरत डा गोविन्द केसीको जीवन रक्षाका लागि माग गरेको छ ।
उक्त बैठकले डा केसीका जायज माग तुरुन्त पूरा गर्न सरकारसँग आग्रह गरेको स्थायी समिति सदस्य तथा प्रदेश नं ५ का संयोजक आलोक रायमाझीले जानकारी दिनुभयो ।
वर्तमान शिक्षा र स्वास्थ्यको क्षेत्रमा भएका विकृित, विसंगतिका विरुद्धमा निरन्तर संघर्षरत डा केसीको आन्दोलनलाई केही राजनीनिक पार्टीले नाजायज ढंगले पार्टीकरण गर्न खोजेको प्रति आपत्ति जनाउँदै उहाँको आन्दोलनप्रति ऐक्यबद्धता जनाउने निर्णय गरेको छ ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article जुनसुकै बेला मुटु बन्द हुन सक्ने खतरा
Next article डा केसीसँग वार्ता गर्न टोली गठन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

Oct 27th 5:20 AM
समाचार

डा. शर्मा स्वास्थ्य मन्त्रीमा नियुक्त

Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132127
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

30
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web