• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 19th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

एन्जियोग्राफी परिक्षण सेवा सुरु

July 17th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
एन्जियोग्राफी परिक्षण सेवा सुरु

हेल्थ टुडे,
बाके, १ साउनः नेपालगन्जको भेरी अञ्चल अस्पतालमा मुटुरोगको उपचार सेवालाई विस्तार गर्दै एन्जियोग्राफी परिक्षण सेवा सुरु गरिएको छ ।
अस्पतालका प्रमुख कन्सल्टेन्ट कार्डियोलोजिष्ट डा कृष्ण अधिकारी र डा बिपिन आचार्य, स्टाफ नर्स रेलुशा खत्री, रेडियो ग्राफर सीता राना क्षेत्री सहित ५ जनाको टोलीले कञ्चनपुर दोधाराका मुटु रोगी अशोक सुनारको एन्जियोग्राफी गरेर सेवा सुरु गरको हुन् ।
छाती दुख्ने, मुटुको चाल गडबडी भएका, ह्दयाघात भएका बिरामीहरुमा एन्जियोग्राफी गरेर मुटुको नशामा भएको अवरोध पत्ता लगाइने अस्पतालका प्रमुख कन्सल्टेन्ट कार्डियोलोजिष्ट डा अधिकारीले बताउनुभयो । एन्जियोग्राफीसँगै अस्पतालले मुटुका बिरामीहरुमा अस्थायी पेसमेकर राख्ने सेवा पनि सुरु गरिएको छ ।
अस्पतालमा क्याथ ल्याब जडान भएपछि अस्पतालले मुटुका बिरामीहरुको उपचार सेवालाई विस्तार गर्ने क्रममा एन्जियोग्राफी परीक्षण सेवा सुरु गरिएको हो । करिब ६ करोड ५० लाखको लागतमा क्याथ ल्याब जडान भएपछि अस्पतालले एन्जियोग्राफी र अस्थायी पेसमेकर राख्ने सेवा सुरु गरेको हो ।
भेरी अञ्चल अस्पतालले २०७३ साल देखि कार्डियोलोजीको ओपिडि संचालन गरे पछि गरे पछि लाभान्बित भएका बिरामीहरु एन्जियोग्राफी परिक्षण र अस्थायी पेश मेकर राख्ने सेवा बिस्तार भए पछि लाभान्बित भएका छन् । भेरी अस्पतालले एक जना बिरामीको एन्जियोग्राफी परिक्षण गरे बापत १२ हजार शुल्क लिने गरेको छ ।
भेरी अंचल अस्पतालमा आउने मुटुरोग सम्बन्धी बिरामी मध्ये करिब ७० प्रतिशत उच्च रक्तचाप सम्बन्धी बिरामी रहका छन । त्यसै गरी मुटुको नशा साधुरो भएका र हाड फेलर सम्बन्धी समस्या भएका बिरामीहरु पनि करिब १० ÷१० प्रतिशतको हारहारीमा छन् ।
अस्पतालले काठमान्डौ स्थित गंगालाल अस्पतालसंग सहकार्य गरेर क्याथ ल्याब जडान गरी गंगालाल अस्पतालले लिने बराबरकै शुल्क लिएर बिरामीहरुको एन्जियोग्राफी परिक्षण सेवा सुरु गरेको डा अधिकारीले बताउनुहुन्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा राजनीति गर्न नहुने–मन्त्री यादव
Next article आरोग्य स्वास्थ्य प्रतिष्ठानले दियो डाइलाइसिस मेशिन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134121
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

129
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

18
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

135
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web