हेल्थ टुडे,
काठमाडौं, २ साउनः सानेपा स्थित स्टार हस्पिटलले स्त्री तथा प्रसुति रोग सम्बन्धी बृहत स्वास्थ्य शिविर सम्पन्न गरेको छ । अस्पताल प्रंगणमा मंगलबार सम्पन्न भएको शिविरमा बरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. लक्ष्मी आचार्य गौतमले सेवा लिन आएका सयौं महिलाहरुको स्वास्थ्य जाँच गरेकी थिइन ।
शिविरमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी अन्तरक्रिया गरिनुका साथै यस सम्बन्धी चेतना मूलक जानकारी समेत गराइएको थियो । अस्पतालका सिओओ डा. सन्देश जिसीका अनुसार शिविरमा आएका सेवाग्राहीहरुलाई अस्पतालले विशेष छुटमा ल्याब परिक्षण तथा अपरेशन सेवा प्रदान गरेको थियो ।
Leave a Reply