हेल्थ टुडे,
बुटबल : बुटबल उपमहानगरपालिका वडा नम्बर १ (पुरानो बुटबल) परोपकार संस्थामा नगरस्वास्थ्य क्लिनिक सञ्चालन गरिएको छ । सो अवसरमा निः शुल्क मिर्गौला परिक्षण सिविर आयोजना गरिएको थियो । परोपकार संस्था दान विभाग साखाको आयोजना तथा सिद्दिबाबा इन्टरनेशनल सुपरस्पेसलिस्ट रिसर्च अस्पतालको सहयोगमा जितगढी टोल विकास संस्थामा आयोजना गरिएको सिविरमा २ सयभन्दा बढी सर्वसाधारणको स्वास्थ्य परिक्षण गरिएको थियो । स्वास्थ्य परिक्षण गरिएकाहरु मध्ये २३ मा मिर्गौलाको समस्या देखिएको छ भने २५ जनामा मधुमेह र ४५ जनामा उच्च रक्तचापको समस्या देखिएको छ । जितगढी टोलमा यस प्रकारको निशुल्क मिर्गौला सिविर पहिलो पटक आयोजना गरिएको मिर्गौला रोग विशेषज्ञ डा. शक्ति बस्नेतले जानकारी दिए । स्वास्थ्य सिविरमा डा. बस्नेत सहित ९ जना स्वास्थ्यकर्मीले स्वास्थ्य सेवा प्रदान गरेका थिए । उक्त अवसरमा विरामीहरुलाई निशुल्क औषधि समेत बितरण गरिएको थियो । बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
Leave a Reply