• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 7th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

जनतालाई स्वास्थ्योपचारमा बाधा हुनुहुदैन–नियमित उपचारमा संलग्न हुन आग्रह

July 20th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
जनतालाई स्वास्थ्योपचारमा बाधा हुनुहुदैन–नियमित उपचारमा संलग्न हुन आग्रह

काठमाडौँ, ४ साउनः त्रिभुवन विश्वविद्यालयले शिक्षण अस्पतालका चिकित्सकलाई बिरामीको स्वास्थ्योपचारमा संलग्न हुन आग्रह गरेको छ । त्रिविले बिहीबार एक विज्ञप्ति जारी गर्दै चिकित्सकीय धर्मविपरीत नगई सधैँझैँ बिरामीको स्वास्थ्योपचार गर्न सबै चिकित्सक, प्राध्यापक, प्राविधिक– अप्राविधिक प्राध्यापक र कर्मचारीलाई आग्रह गरेको हो ।
शिक्षण अस्पताल बन्द गर्दा स्वास्थ्योपचारका लागि आउने बिरामी संविधानले प्रदान गरेको स्वास्थ्य सम्बन्धी मौलिक हकबाट वञ्चित हुनुपर्ने भएकाले बिरामीको उपचारमा लाग्न तथा अस्पताल बन्द हुँदा करोडौँ रुपैयाँ हानि नोक्सानी र आर्थिक घाटा व्यहोर्नु परेकाले निर्बाध रुपमा सञ्चालन गर्न आग्रह गरेको छ ।
विज्ञप्तिमा अनशनरत प्रा डा गोविन्द केसीले राखेका मागका बारेमा वार्ता टोली गठन गरेर समाधान खोज्ने प्रयास भइरहेकाले अहिलेको अवस्थामा शिक्षण अस्पताल र केन्द्रले जनतालाई स्वास्थ्योपचारका लागि दिने सेवामा बाधा अड्चन सिर्जना गर्न खोज्ने कुनै पनि संघ, समूह वा व्यक्तिको भ्रममा नपरी संस्थाको ऐन, नियममा रहन चिकित्सक, प्राध्यापक र कर्मचारीलाई अनुरोध गरिएको छ ।
त्रिविले स्वास्थ्योपचारका लागि आउने बिरामीको स्वास्थ्य सेवामा असर पार्ने गरी कुनै पनि माग राख्ने कार्य गर्नु र गर्न खोज्नु अत्यावश्यक सेवा ऐन, सर्वोच्च अदालतबाट पटक पटक जारी भएका आदेश, विश्वविद्यालयका ऐन, नियम र विनियमको विपरीत हुनाका साथै कुनै पनि चिकित्सकको चिकित्सकीय धर्म नभएको उल्लेख गरेको छ ।

विधिको शासनलाई मान्दिन, अनुशासनमा रहँदिन भन्ने कुनै पनि शिक्षक–कर्मचारीलाई संस्थामा आबद्धता जनाई तलबभत्ता बुझ्न नैतिकता र कानूनले पनि नदिने विज्ञप्तिमा जनाइएको छ । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गत शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक एण्ड भास्कुलर सेन्टर, बिपी कोइराला नेत्र अध्ययन केन्द्र र आयुर्वेद शिक्षण अस्पतालले स्वास्थ्योपचार दिइरहेका छन् ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article जिल्लामा रगतको अभाव –वर्षेनी ब्लडको माग बढ्दै
Next article बिएण्डबीमा क्याथल्याब उपचार सेवा संचालन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132170
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

18
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

18
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web