काठमाडौँ, ४ साउनः उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले जनतालाई देश बाहिर उपचार गर्न जानुपर्ने बाध्यता अन्त्य गरिने बताउनुभएको छ ।
आज बिएण्डबी अस्पतालमा आयोजित कार्यक्रममा उहाँले स्वदेशमा रहेका सरकारी र निजी अस्पतालले जनतालाई सुविधासम्पन्न र गुणस्तरीय सेवा सुलभ रुपमा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।
उपप्रधानमन्त्री यादवले नेपालमै सबै उपचार सस्तो र गुणस्तरीय रुपमा जनताले पाउनुपर्छ, निजी अस्पतालले पनि गुणस्तरीय सेवा सस्तो शुल्कमा उपलब्ध गराउनुपर्छ, त्यसका लागि राज्य सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
सरकारी र निजी क्षेत्र मिलेर मात्र नेपालको स्वास्थ्य सेवालाई माथि उकास्न सकिने बताउँदै उहाँले विपन्न नागरिक गुणस्तरीय सेवा पाउनबाट वञ्चित रहेकाले उनीहरुका लागि स्वास्थ्य सेवाको पहुच पुर्याउनु दुवै क्षेत्रको दायित्व भएको उल्लेख गर्नुभयो ।
राज्यको ठूलो हिस्सा रकम उपचारात्मक क्षेत्रमै खर्च भएकाले अब रोग लाग्नै नदिनेतर्फ काम गर्नुपर्ने उपप्रधानमन्त्री यादवको जोड थियो । मुटु तथा नसा रोगीको उपचारमा प्रयोग हुने क्याथल्याब सेवा बिएण्डबी अस्पतालले आजदेखि शुरु गरेको हो ।
रासस
बिएण्डबीमा क्याथल्याब उपचार सेवा संचालन
Warning: Trying to access array offset on false in /home/healthne/public_html/wp-includes/media.php on line 812
Warning: Trying to access array offset on false in /home/healthne/public_html/wp-includes/media.php on line 818

Leave a Reply