• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कर्मचारीलाई लक्षित गरी स्तनपान कक्षको स्थापना

August 1st, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कर्मचारीलाई लक्षित गरी स्तनपान कक्षको स्थापना

काठमाडौं, १६ साउनः स्तनपान जीवनको आधार भन्ने मूल नाराका साथ यो वर्षको विश्व स्तनपान सप्ताह आजबाट शुरू भएको छ । स्तनपान सप्तको अवसरमा विभागमा कार्यरत कर्मचारी तथा सेवाग्राहीलाई लक्ष्य गर्दै स्तनपान कक्षको स्थापना गरिएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।
बुधबार विभाग परिसरमा स्वास्थ्य मन्त्रालयका निमित्त सचिव डा. सुशील प्याकुरेल, विभागका महानिर्देशक डा. गुणराज लोहनी र युनिसेफ नेपालका प्रतिनिधि टोमो होजुमीले संयुक्त रूपमा कक्षको उद्घाटन गरेका थिए । विभागमा स्थापना गरेको स्तनपान कक्षमा बच्चा सुताउने ठाउँ र हात धुने ठाउँ राखिएको छ । उक्त कक्षमा दुईजना महिलाले एकैपटक स्तनपान गराउन सक्ने विभागले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका निमित्त सचिव डा. सुशील प्याकुरेलले विभागमा रहेको स्तनपान कक्षले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सेवा लिन आउने महिलालाई समेत सहज हुने बताउनुभएको छ ।
नेपालको जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०१६ को तथ्याङ्क अनुसार नेपालमा पूर्णस्तनपान गराउने आमाको संख्या ६६ प्रतिशत र शिशु जन्मेको १ घण्टाभित्रमा स्तनपान गराउने महिलाको संख्या ५५ प्रतिशत रहेको छ ।
यस्तै स्तनपान गराउनु अघि १० जना नवजात शिशुमध्ये ३ जना शिशुलाई घ्यू, मह र चिनी चटाउने गरिएको छ । शल्यक्रिया गरी जन्मिएका शिशुलाई भने आमाको दूधलाई प्रतिस्थापन गर्ने फर्मूला खुवाइने गरेको छ ।
स्तनपानका साथ साथै अरू थप आहार खुवाइएको सङ्ख्या १२प्रतिशत छ । स्तनपानका साथै अरू झोलिलो खाना खुवाउनेको सङ्ख्या २२ प्रतिशत छ । शिशुलाई कहिल्यै पनि स्थानपान नगराएको भने १ प्रतिशत मात्रै छ ।
स्वास्थ्य सेवा विभागले नवजात शिशुलाई स्तनपानको अधिकार सुनिश्चित गर्न आर्थिक वर्ष्भित्रमा ३० वटा सार्वजनिक स्थल तथा स्वास्थ्य संस्थाहरूमा स्तनपान कक्ष सञ्चालन गर्ने योजना बनाएको छ । देशका ३० वटा अस्पताललाई मातृ तथा बालमैत्रि अस्पतालको रूपमा विकास गर्न योजना छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article यस वर्षको स्तनपानको नारा ‘स्तनपानः जीवनको आधार’
Next article सप्ताहव्यापी स्तनपान दिवस मनाइदै–स्तनपान गराउनेको संख्या घट्दै

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132555
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

27
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

22
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web