• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 30th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

लेजर उपकरणबाट सेवा दिने पहिलो सरकारी अस्पताल–वीर

August 15th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
लेजर उपकरणबाट सेवा दिने पहिलो सरकारी अस्पताल–वीर

हेल्थ टुडे,

काठमाडौं, ३० साउनः वीर अस्पतालले पत्थरी, प्रोस्टेट, ट्युमर लगायतका समस्याको सहज उपचारका लागि अत्याधुनिक  उपकरण प्रयोगमा ल्याएको छ । अस्पतालले नयाँ लेजर उपकरणबाट सेवा दिन थालेसँग यो प्रविधिबाट सेवा दिने पहिलो सरकारी अस्पतालमा बनेको छ ।

अस्पतालका निर्देशक डा भुपेन्द्र बस्नेतले अस्पतालको सेवा विस्तार गर्ने क्रममा नयाँ उपकरण ल्याइएको बताउनुभयो । यो अत्याधुनिक प्रविधि भित्रिएसंगै बिरामीले सहज र गुणस्तरीय सेवा पाउनेमा आफु विश्वस्त भएको डा बस्नेतले जानकारी दिनुभयो ।

युरो सर्जन डा अनिल श्रेष्ठ यो उपकरण अरु भन्दा आधुनिक र फरक रहेको बताउनुहुन्छ । उहाँका अनुसार लेजर दुई प्रकारका हुन्छन एउटा हाइ पावर र अर्को लो पावर । वीर अस्पतालमा यी दुवै प्रविधि उपलब्ध रहेको बताउदै लो पावर लेजरलाई मिर्गौलाको पत्थरीको उपचारमा र हाइपावरलाई प्रोस्टेटको शल्यक्रियाका लागि प्रयोग गरीएको डा श्रेष्ठले जानकारी दिनुभयो ।

यो प्रविधिबाट उपचार गर्दा बिरामीलाई विगतमा जस्तो ठूलो शल्यक्रिया गर्नु पर्दैैन । प्रोस्टेटको उपचार होलेप अर्थात होल्मिम लेजर इन्युक्लिएसन अफ द प्रोस्टेटबाट गरिन्छ । डा श्रेष्ठका अनुसार १२० वाटको यस प्रविधिले ८० देखि ९० ग्रामका ठूलो प्रोस्टेटको उपचारमा बढी लाभदायक हुन्छ र परिणाम पनि अरुभन्दा राम्रो दिन्छ ।

पत्थरीको उपचारका लागि लेजरको प्रयोग केही समय अगाडि गरिएको भए पनि प्रोस्टेटको भने केही दिन अघि मात्र गरिएको जानकारी दिदै वीर अस्पतालमा लेजरको सेवा सुरु भएसँगै बिरामीको चाप पनि बढ्दै गएको डा श्रेष्ठ बताउनुहुन्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक, २०७५ प्रस्ताव स्वीकृत
Next article चिकित्सकहरूको आन्दोलन दुई हप्ता स्थगित

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133171
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

29
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web