हेल्थ टुडे,
काठमाडौं, ३१ साउन : नेपाल चिकित्सक संघले भदौ १ गतेदेखि पूर्वघोषित आन्दोलन विरामी नजाँच्ने र चिकित्सक लाइसेन्स मेडिकल काउन्सिलमा बुझाउने आन्दोलन दुई हप्ता स्थगित गरेको छ । भोलि भदौ १ गतेदेखि नै विरामी नजाँच्ने आन्दोलनलाई संघले १५ दिनका लागि स्थगित गरेको हो ।
चकित्सकको लापरवाहीले विरामीको मृत्यु भएमा ५ वर्षसम्म कैद सजाय हुने व्यवस्था संशोधन गरेर लापरबाही भए नभएको पुष्टि गर्न विशेषज्ञ समिति बनाएर छानविन गर्नुपर्ने माग संघले गरेको छ । संघले मुलुकी अपराध संहिताको ‘इलाजसम्बन्धी कसुर’सम्वन्धी व्यवस्था संशोधन गर्न माग गरेको छ ।
सरकारले कानुन संशोधन गरेर माग सम्बोधन गरेकाले १५ दिन पर्खिने संघको निर्णय छ । तर, १५ दिनमा पनि माग पुरा नभए एप्रोन र लाइसेन्स मेडिकल काउन्सिलमा बुझाउने उसको चेतावनीका छ ।
त्यसका लागि उपत्यकाका चिकित्सकहरुले संघको कार्यालय र जिल्लामा त्यहीको कार्यालय लाइसेन्स र शैक्षिक प्रमाणपत्र जम्मा गर्न चिकित्सक संघले आफ्ना सदस्यहरुलाई उर्दी जारी गरेको छ । कानुन मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै संघको मागबारे ध्यानाकर्षण भएको र आवश्यकताअनुसार संशोधन गर्ने क्रममा सम्बोधन गर्ने बताएको थियो ।
Leave a Reply