हेल्थ टुडे,
काठमाडौं, १६ भदौः नेपाल चिकित्सक संघले भोलि नै डाक्टरहरुको प्रमाणपत्र (लाइसेन्स) मेडिकल काउन्सिलमा फिर्ता गर्ने भएको छ ।
भदौ १ बाट कार्यान्वयमा आएको मुलुकी फौजदारी संहिता संशोधनको माग गर्दै संघले भोलि देशभर आकस्मिक बाहेकका सेवा बन्द गर्न आहृवान गरेको छ ।
भोलि नै १० बजे माइतीघर मण्डला भेला हुने र मेडिकल काउन्सिल गएर प्रमाणपत्र बुझाइने संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले बताउनुभएको छ ।
संघले देशभरका चिकित्सकहरुलाई भदौ १५ सम्म आफ्नो प्रमाणपत्र बुझाउन भनेको थियो । अहिलेसम्म ३ हजार बढी चिकित्सकको प्रमाणपत्र जम्मा भएको र त्यसलाई भोलि काउन्सिलमा बुझाउन लागिएको श्रेष्ठले जानकारी दिनुभयो ।
यसअघि भदौ १ मा नै चिकित्सकहरुले प्रमाणपत्र काउन्सिलमा बुझाउने बताएइको थिए । तर, सरकारले मुलुकी ऐन संशोधनको आश्वासन दिएपछि रोकिएको थियो । ‘कानुन संशोधन कुन जति समय लाग्छ लिनुस् तर, प्रक्रिया त सुरु भनिएको श्रेष्ठले बताउनुभयो । वार्तामा सकारात्मक कुरा भएपनि प्रक्रिया सुरु भएकाले आफुहरुले चिकित्सकहरुको प्रमाणपत्र बुझाउन लागेको प्रष्ट पार्नुभयो ।
उहाँका अनुसार प्रमाणपत्र बुझाएपछि मेडिकल काउन्सिलले लिस्टबाट नहटाएसम्म डाक्टरहरुले उपचार गर्न सक्छन् । तर, बिहीबारदेखि भने देशभर आकस्मिक बाहेक सबै सेवा बन्द गर्ने घोषणा चिकित्सक संघले गरेको छ ।
मुलुकी फौजदारी सहितामा उपचारका क्रममा लार्पवाहीले विरामीको मृत्यु भएमा ज्यान मुद्दा चलाउने प्रावधान छ । चिकित्सक संघले भने त्यसलाई संशोधन गरेर लार्पवाही भए नभएको विज्ञ समूहले अध्ययन गर्ने थप गर्न माग गरेको छ ।
Leave a Reply