• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 11th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

चिकित्सकसँग सहमती, हड्ताल सोमबारसम्म स्थगित

September 3rd, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
चिकित्सकसँग सहमती, हड्ताल सोमबारसम्म स्थगित

हेल्थ टुडे,

काठमाडौं, १८ भदौ  : देवानी र अपराध संहिता संसोधनको माग गर्दै आन्दोलनमा उत्रिएका चिकित्सक र सरकारबीच सहमति भएको छ । सरकारले यही भदौ १ गतेदेखि लागु गरेको मुलुकी देवानी र अपराध संहिता संसोधनको माग गर्दै नेपाल चिकित्सक संघको नेतृत्वमा देश भरिका चिकित्सक सडकमा ओर्लिएका छन् । मुलुकी अपराध संहिता ऐन र स्वास्थ्यकर्मी एवं स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐनमा संशोधन  गर्न सरकार तयार भएपछि  अगामी सोमबारसम्मका लागि आन्दोलन स्थगित गर्ने सहमती भएको नेपाल चिकित्सक संघका महासचिव डा. लोचन कार्कीले बताए । सरकारी अधिकारीले सोमबारसम्मका लागि आन्दोलनरत चिकित्सकसँग समय मागेको थियो ।

संघका महासचिव डा.कार्कीले सोमबारको मन्त्री परिषद्को बैठकसम्म पर्खिने र सहमती अनुसार संसोधन प्रकृया अगाडि नबढे अनिश्चितकालिन हड्ताल सुरु हुने जानकारी दिए ।   स्वास्थ्य राज्यमन्त्री डा.सुरेन्द्र यादवको नेतृत्वको सरकारी वार्ता टोली र नेपाल चिकित्सक संघको टोलीबीच दिनभर भएको वार्ता साँझ सहमतिमा पुगेको हो । जसअनुसार अपराध संहितामा रहेको दफा २३० खारेज गर्न दुबै पक्ष सहमत भएका छन् । जसमा अनुभवका आधारमा पनि उपचार गर्न पाउने व्यवस्था थियो ।

हेलचक्राइ, लापरबाही भएको विषयमा यसअघि उजुरी पर्नासाथ चिकित्सकलाई हिरासतमा राखेर अनुसन्धान अगाडी बढाउने प्रावधानका सट्टा सम्बिन्धत काउन्सिलले छानविन गरेर प्रतिबेदन बुझाएपछि मात्र आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउनेगरी सहमति भएको छ ।

दफा २३३ को उपदफा ३ (क)मा दैवि प्रकोप प्राकृतिक विपद, सडक दुर्घटना वा महामारीजस्तो विशेष परिस्थितिमा विरामीको ज्यान जोगाउनको लागि सम्वन्धितलाई जानकारी बेगर उपचार गर्न बाधा पर्नेछैन् भन्ने व्यवस्था थप्ने सहमति भएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article आकस्मिक बाहेकका सबै सेवा बन्द गरी आन्दोलनमा
Next article भवन नहुँदा स्वास्थ्यसेवा दिन कठिनाइ

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134328
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

20
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

21
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web