• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 18th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

चिकित्सकको अभाव–बिरामीको उपचारमा समस्या

September 14th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
चिकित्सकको अभाव–बिरामीको उपचारमा समस्या

उदयपुर, २९ भदौः जिल्लाको पश्चिम क्षेत्र कटारी बजारमा अवस्थित कटारी अस्पतालका तीन चिकित्सक एकैचोटी अन्यत्र हिँडेपछि अहिले अस्पतालमा आउने बिरामीको उपचारमा समस्या भएको छ ।
दैनिक ५० देखि १०० को हाराहारीमा उपचारका लागि कटारी अस्पतालमा चिकित्सकलाई दिनभर कुरेर बस्नुपर्ने नत्र अन्यत्र निजी क्लिनिक जान बाध्य हुनुपरेको बिरामीका आफन्त बताउँछन् ।
कटारी–८ सिरीसेका रामप्रसाद पौडेलका अनुसार एक महिना अगाडिसम्म अस्पतालमा आउने बित्तिकै केही समयमै डाक्टरले उपचार सेवा दिने गर्दथे, अहिले बिरामी लिएर आयो डाक्टर छैनन्, पर्खनुस् भनेर अस्पतालले भन्छ, र दिनभरि बस्दा पनि पालो नआएपछि हैरानी खेप्नुपरेको छ ।
अस्पतालमा जनशक्ति अभाव भएपछि आफ्ना बिरामीलाई निजी क्लिनिकमा महँगो खर्चमा उपचार गर्न बाध्य हुनुपरेको कटारी रिस्कु–३ की कुमारी दनुवार बताउनुहुन्छ ।
यस विषयमा कटारी अस्पतालका प्रमुख डा गौरव साहले तीन जना अस्पतालका डाक्टर अन्यत्र गए, दुईजना यसअघिनै सरुवा लिएर अन्यत्र गए भने एक जना करारका डाक्टरले सरकारीमा नाम निकालेर अन्यत्र गएपछि अहिले अस्पताल सञ्चालन गर्न आफूलाई हम्मे परेको बताउनुहुन्छ ।
डाक्टर हिँडेपछि बिरामीको चाप थेगिनसक्नु भएको र सम्बन्धित मन्त्रालय तथा विभागमा समेत जानकारी गराए पनि अहिलेसम्म यसको सुनुवाइ नभएको डा साह बताउनुहुन्छ ।
कटारी अस्पतालमा उदयपुरको पश्चिमी क्षेत्र, दक्षिणी ओखलढुङ्गा क्षेत्र र पूर्वी सिन्धुली क्षेत्रदेखि बिरामी ठूलो सङ्ख्यामा उपचारका लागि आउने गरेको अस्पतालका कर्मचारी बताउँछन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डेन्टल एशोसिएसनमा डा.अधिकारी
Next article विद्युत् नहुँदा स्वास्थ्य सेवा प्रभावित

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134117
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

138
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

18
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

142
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web