• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 11th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

प्रति वर्ष ६० लाखलाई परिवार नियोजन सेवादिने उद्घोष

September 26th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
प्रति वर्ष ६० लाखलाई परिवार नियोजन सेवादिने उद्घोष

हेल्थ टुडे,

काठमाडौं, १० असोज :  नेपाल परिवार नियोजन संघले प्रति वर्ष ६० लाख नेपालीलाई परिवार नियोजन सेवा उपलब्ध गराउने उद्घोषका साथ आफ्नो ६० औं बार्षिकोत्सव अभियान सुभारम्भ गरेको छ । ६० औं बार्षिकोत्सवको अवसरमा बुधबार आयोजित कार्यक्रममा संघका अध्यक्ष छत्रबहादुर गिरीले संघले आउँदो वर्ष गर्ने कार्यक्रम सहित संघले बिगतमा गरेको प्रगति पुस्तिका ( एडभोकेसी टुल ) विमोचन गरेका हुन । ६० वर्षको निरन्तरता, ६० वर्षको प्रतिवद्घता, ६० लाख जनतालाई प्रतिवर्ष सेवा, ६० लाख डलर प्रतिवर्ष आय र ६० भन्दा बढी दातृ निकायसंगको सहकार्य सहितको प्रतिबद्घता पुस्तिकामा उल्लेख गरिएको छ । ‘परिवार नियोजनका साधनमा लागनी वृद्घि, हुन्छ राष्टको समृद्घि’  मूल नाराका साथ संघले आफ्नो ६० औं बार्षिकोत्सव मनाउदै छ । कार्यक्रममा संघका अध्यक्ष गिरीले ५० प्रतिसत महिलाको प्रतिनिधित्व गराउने संघ नेपालमा पहिलो संस्था भएको दावी गर्दै महिलाको समान सहभागिता बिना परिवार नियोजनका कुनै पनि कार्यक्रम सफल नहुने भएकाले संघले यो तथ्यलाई आत्मसाथ गरेको बताए ।

संघका महानिर्देशक केपी बिष्टले संघको ६० औं बार्षिकोत्सवको लागो बिमोचन गर्दै संघले नेपालमा परिवार नियोजन भनेकै परिवार नियोजन संघको भन्ने मान्यता सर्वसाधारणमा स्थापित गर्न सफल भएको बताउदै यौन तथा प्रजनन स्वास्थ्यका क्षेत्रमा अझै धेरै गर्न बाकी रहेकाले भविश्यमा अझ प्रभावकारी कार्यक्रमका साथ अगाडि बढ्नेमा जोड दिए । सानो परिवार, खुशी परिवार भन्ने अवधारणाका साथ संघले आगामी वर्ष बढी भन्दा बढी श्रोत परिचालनमा ध्यान दिने विष्टले बताए । संघका महासचिव रविन कोइरालाले संघले सरकारका तिन वटै तहसंग सहकार्य गरेर अगाडि बढ्ने बताए । संघले देशका ३७ जिल्लामा आफ्ना साखा मार्फत परिवार नियोजन सहित यौन तथा प्रजनन् स्वास्थ्य सेवाका कार्यक्रम सञ्चालन गरिरहेको छ । देशको कुल जनसंख्यामध्ये करिव १ करोड जनसंख्यालाई परिवार नियोजन सेवा प्रदान गर्ने गरेको संघको दाबी छ । राष्टिय कार्यक्रममा संघले १९ प्रतिसत परिवार नियोजन सेवा, १७ प्रतिसत सुरक्षित गर्भपतन सेवा र २८ प्रतिसत परिवार नियोजन क्षमता अभिवृदिमा योगदान दिएको संघले उल्लेख गरेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article दिउँसै बन्द हुन्छन् जुम्लाका स्वास्थ्य चौकी
Next article बुटबलको सिद्धबाबा अस्पतालमा डाइलासिस सेवा सुरु

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134328
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

22
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web