हेल्थ टुडे,
काठमाडौं : ‘स्वास्थ्य र समृद्घिको आधार, आयुर्वेद उपचार’ भन्ने नाराका साथ सोमबार राजधानीमा राष्ट्रिय आरोग्य दिवस तथा धनवन्तरी जयन्ती मनाइएको छ । सो अवसरमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग टेकूले विशेष कार्यक्रम सहित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका विरामीलाई फलफुल बितरण गरिएको छ । स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव, विभागका महानिर्देशक डा. बाशुदेव उपाध्याय लगायतले विरामीलाई फलफुल वितरण गरेका थिए ।
सोही अवसरमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको सभाहलमा आयोजना गरिएको कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री डा. यादवले आयुर्वेदको विकासका लागि स्वास्थ्य मन्त्रालय सकारात्मक रहेकोले बजेटको अभाव नहुने बताए । हरेक गाउपालिका र नगरपालिकामा आयुर्वेद उपचार केन्द्र स्थापना गर्ने योजना स्वास्थ्य मन्त्रालयले बनाइरहेको डा. यादवले जानकारी दिए । धन्वन्तरी जयन्ती तथा आरोग्य दिवसको अवसर पारेर पाँच र दश मिनेटको योग अभ्यास प्याकेज ल्याएको विभागले जनाएको छ । भिडियो प्याकेजमा मानिसले छोटो समयको योग कसरी गर्ने भन्ने दृश्यसहित राखिएको छ ।
Leave a Reply