• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 18th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

ब्रेन डेथ भएका व्यक्तिबाट प्राप्त मिर्गौला प्रत्यारोपणमा मानव अंगलाई अर्को सफलता

November 6th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
ब्रेन डेथ भएका व्यक्तिबाट प्राप्त मिर्गौला प्रत्यारोपणमा मानव अंगलाई अर्को सफलता

हेल्थ टुडे

भक्तपुर :  नेपालमा पहिलो पटक मस्तिष्क मृत्यु (ब्रेन डेथ) भएका एक जना व्यक्तिका मिर्गौला उपचाररत दुई जना मिर्गौला फेल भएका विरामीमा प्रत्यारोपण गर्न सफल भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रलाई दोश्रो पटक पनि यो काममा सफलता मिलेको छ । केन्द्रको यो दोश्रो सफलताले मिर्गौला फेल भएका दुई जनाले नयाँ जिवन पाएका छन् । ब्रेन डेथ भएका व्यक्तिका आफन्तले अंग दान गर्न राजी नहुने र उक्त व्यक्ति उपचाररत अस्पतालले समयमै केन्द्रलाई खवर नगर्ने प्रवृतिका कारण चाहेर पनि १८ महिनासम्म केन्द्रले ब्रेन डेथ भएका व्यक्तिको मिर्गौला लगायतका अंग उपचाररत विरामीमा प्रत्यारोपण गर्न सकेको थिएन । केन्द्रले नेपालमै पहिलो पटक प्रत्यारोपण विद् समेत रहेका केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा २०७४ बैसाख २८ गते बे्रन डेथ भएका व्यक्तिको मिर्गौला उपचाररत दुईजना मिर्गौलाका विरामीमा प्रत्यारोपण गरेको थियो । त्यसको १८ महिनापछि केन्द्रले कार्तिक १२ गते दोश्रो पटक एकजना ब्रेन डेथ भएका व्यक्तिको मिर्गौला झिकेर दुई जना मिर्गौलाका विरामीमा प्रत्यारोपण गरेको हो । केन्द्रका अनुसार ब्रेन डेथ भएका सर्लाहीका ७२ बर्षिय टेक बहादुर योञ्जनबाट प्राप्त दुई वटा मिर्गौला वीर अस्पताल र केन्द्रमा उपचाररत दुई वटा मिर्गौला विरामीमा प्रत्यारोपण गरिएको हो ।

योञ्जनको ब्रेन हेमेरेजका कारण मष्तिस्क मृत्यु भएको भनी न्यूरोलोजिष्ट डा. प्रविण श्रेष्ठ र एनेस्थेसियोलोजिष्ट चिकित्सक डा. आरती राई र डा. निरज हिराचनले ललितपुर महालक्ष्मी स्थानमा रहेको गणेशमान सिंह मेमोरियल अस्पताल एण्ड रिर्सच सेन्टरमा घोषणा गरेका थिए ।  अस्पतालका चिकित्सक डा. हिराचनले विरामीका परिवारलाई मस्तिष्क मृत्यु भएको व्यक्ति  मरेर गएता पनि अरु व्यक्तिलाई बचाउन सक्ने कुरा बुझाएपछि अंग दन गर्न मञ्जुर भएका थिए । मस्तिष्क मृत्यु भएको व्यक्तिवाट अंग झिक्ने काममा  गणेशमान सिंह मेमोरियल अस्पताल एण्ड रिर्सच सेन्टरका प्रमुख कार्यकारी निर्देशक मिलन गुरुङ्ग, पोष्टमार्टम विज्ञ डा. हरिहर अवस्थी, जिल्ला प्रहरी परिसर ललितपुरवाट खटिएका प्रहरी नायव निरिक्षक रामविहारी राउत, केन्द्रका शाखा अधिकृत हरिहर पोख्रेल, ट्रान्सपलान्ट कोर्डिनेटर सनिषा कार्की र अधिवक्ता शुसील श्रेष्ठले सहयोग गरेका थिए ।केन्द्रका चिकित्सक डा.कल्पना श्रेष्ठ, प्रा.डा.राकेश बर्मा, डा मोहनदेव भण्डारी, डा. विजय कटुवाल, डा दिपेश श्रेष्ठ, डा निभा श्रेष्ठ, डा. रेखा श्रेष्ठ, डा किरण जंगकुवर, डा शोभित थापा, नर्सिङ्ग निर्देशक दुर्गा श्रेष्ठ डा.मेघा जोशी, डा.अमृत के.सि, डा लक्ष्मी प्रसादत्वयाना, ओटी इन्चार्ज सिजन गुरुङ लगायतको संयुक्त प्रयासमा प्रत्यारोपण सफल भएको केन्द्रले जनाएको छ । । गाडेर  खेर जाने वा जलेर खरानी हुने शरीरका अंगहरु दान दिन सके एक जना मस्तिष्क मृत्यू भएको व्यक्तिबाट ८ वटा अंगहरु २ वटा मृगौला, २ वटा फोक्सो, १ वटा कलेजो, १ मुुटु, १ प्याङ्क्रियाज, १ सानो आद्रा लगायतका अंगहरु दान गरी ८ जनाको ज्यान बचाउन सकिने भएकाले अंगदानलाई बढावा दिनु पर्ने प्रत्यारोपण विज्ञ समेत रहेका केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले बताए । प्रत्यारोपण सफल भएको अवसरमा मंगलबार केन्द्रका आयोजना गरिएको कार्यक्रममा अंगदाताका परिवारलाई सम्मानपत्र सहित सम्मानित  गरिएको थियो । कार्यकारी निर्देशक डा. श्रेष्ठले भने, ‘ यो कार्य सबैको अथक परिश्रमले संभव भएको हो । मृत्यू पश्चात हुने अंगदानको कानून बने पनि हामीले सोचे जस्तो सफलता हासिल गर्न सकेका छैनौ । जनचेतना जगाएर अंगदानलाई बढाउनु पर्छ । ’ मृत्यू पश्चात अंगदान दिने र अंग प्रत्यारोपणलाई प्राथमिकता दिन सके मात्र देश अंग प्रत्यारोपणमा आत्मनिर्भर हुनेमा डा. श्रेष्ठले जोड दिए ।

 

 

 

 

 

 

 

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मधुमेह सम्बन्धी चेतनामूलक कार्यक्रम सम्पन्न
Next article आरोग्य दिवसमा विरामीलाई फलफुल वितरण

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134115
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

138
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

18
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

142
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web