हेल्थ टुडे,
ललितपुर, २८ कात्तिक : ‘परिवार र मधुमेह’ भन्ने नाराका साथ ललितपुर जावलाखेलस्थित स्थित काठमाण्डौं डाइविटिज एण्ड थाइराइड सेन्टर प्रा.लि.र अल्का अस्पतालले संयुक्त रुपमा जनचेतना मुलक प्रभातफेरी र निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरको छ । हरेक वर्ष नोभेम्बर १४ लाई विश्व मधुमेह दिवसका रुपमा मनाइन्छ । ललितपुरको जावलाखेल, भक्तपुरको दरवार स्क्वायर क्षेत्रमा मधुमेह सम्वन्धी जनचेतना मुलक प्रभातफेरीमा भक्तपुरमा करिव ५०० जना र ललितपुरमा करिव ४०० जनाको सहभागीता रहेको थियो । ललितपुर र भक्तपुरमा भएको निःशुल्क कार्यक्रममा ५०० जना भन्दा वढीको निःशुल्क स्वास्थ्य परीक्षण गरिनुका साथै निःशुल्क औषधि समेत वितरण गरेको थियो । भक्तपुर दरवार स्क्वायरमा मधुमेह थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ डा. अंशुमाली जोशीले सर्वसाधारणलाई मधुमेह सम्वन्धी जानकारी दिएका थिए । शिविरमा सहभागीहरुको व्लड सुगर परीक्षण समेत निःशुल्क गरिएको अल्का अस्पतालका अध्यक्ष कुमार थापाले जानकारी दिए । कार्यक्रममा लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक ३२५ ए २ नेपालको समेत सहभागीता रहेको थियो ।
Leave a Reply