• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 25th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

५३ प्रतिसत एचआईभी संक्रमित मात्र उपचारमा

December 2nd, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
५३ प्रतिसत एचआईभी संक्रमित मात्र उपचारमा

 

हेल्थ टुडे

काठमाडौ :  नेपालमा रहेका एचआईभी संक्रमित मध्ये ५३ प्रतिसत मात्र एआरभी उपचारमा आउन सकेका छन् । ४७ प्रतिसत संक्रमित अझै उपचारसम्म आउन सकेका छैनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहत एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको पछिल्लो तथ्यांक अनुसार नेपालमा एचआईभी संक्रमितको संख्या ३१ हजार २० रहेको अनुमान छ । केन्द्रका निर्देशक डा. तारा पोखरेलका अनुसार कुल संक्रमित मध्ये १६ हजार ४ सय २८ जना ( ५३ प्रतिसत ) मात्र एआरभी उपचारमा आएका छन् । उपचारमा आउन नसकेका संक्रमितलाई खोजेर उपचारसम्म ल्याउन सक्नु अवको प्रमुख चुनौति रहेको डा. पोखरेलले बताए । एचआईभी संक्रमितको उपचारमा हरेक वर्ष प्रति व्यक्ति १५ हजार रुपैया खर्च भइरहेको उनले जानकारी दिए । उपचार खर्च ग्लोवल फण्ड, डब्लूएचओ र नेपाल सरकारले बेहोर्ने गरेका छन् ।

नेपालमा रहेका कुल संक्रमित मध्ये पुरुषको संख्या १९ हजार २० र महिलाको संख्या १२ हजार रहेको सरकारको तथ्यांक छ । सन् २०१० देखि २०१७ सम्मको तथ्यांक हेर्ने हो भने विश्वमा एचआईभीको नयाँ संक्रमण १६ प्रतिसतले घटेको छ  भने ३५ प्रतिसत बालबालिकामा हुने नयाँ संक्रमण घटेको छ । त्यसैगरि शनिबार नेपाल सहित विश्वभरि नै विश्व एड्स दिवस मनाइएको छ । एचआईभीको जाच गराऔ, आफ्नो अवस्था थाहा पाऔ भन्ने मूल नाराका साथ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि विभिन्न कार्यक्रमको आयोजना गरि एड्स दिवस मनाएको छ । नेपालमा हुने एचआईभी संक्रमण मध्ये ७४ प्रतिसत असुरक्षित यौन सम्पर्कका कारणले हुने गरेको पाइएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नर्भिकलाई अन्तर्राष्ट्रिय सम्मान
Next article स्वास्थ्य संस्थामा बच्चा जन्माए एक किलो घिउ

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

Sep 23rd 1:07 PM
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

Sep 20th 9:57 AM
स्वास्थ्य विशेष

पिसाब चुहिने समस्या र त्यसको निदान

Sep 20th 9:13 AM
समाचार

वीर अस्पतालमा गरिएको अध्ययनले भन्यो, समयमै पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिन्छ

Sep 20th 8:54 AM
समाचार

बजेट अभावमा अलपत्र अस्पताल

Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132029
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

31
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

25
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

32
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web