• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य संस्थामा बच्चा जन्माए एक किलो घिउ

December 2nd, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य संस्थामा बच्चा जन्माए एक किलो घिउ

हेल्थ टुडे,

कैलाली, १६ मंसिर : मातृ मृत्यु र बालमृत्यु घटाउन स्वास्थ्य संस्थामा प्रसूति सेवा लिन उत्प्रेरणा प्रदान गर्ने उद्देश्यले स्थानिय निकायले विभिन्न कार्यक्रम लागु गर्न थालेका छन् । कसैले स्वास्थ्य संस्थामा आएर बच्चा जन्माउने महिलालाई स्वास्थ्य मन्त्रालयले प्रदान गर्ने यातायत खर्च दोब्बर दिन थालेका छन् भने केहीले नवजात शिशुको बैंक खाता नै खोलेर रकम जम्मा गर्न थालेका छन् । कसैले स्वास्थ्य संस्थामा जन्मिने बच्चाको उपचार निशुल्क गर्ने भनेका छन् त केहीले कुखुरा पनि दिन थालेका छन् । स्वास्थ्य संस्थामा गएर बच्चा जन्माउने महिलाको संख्या बढाउने यही अभियानमा कैलालीका गौरीगंगा नगरपालिकाले भने अरुको भन्दा नयाँ योजना लागु गरेको छ । उसले स्वास्थ्य संस्थामा आएर बच्चा जन्माउने हरेक महिलालाई एक किलोग्राम शुद्व घिउ दिने गरेको छ । नगरपालिकाकी उपप्रमुख अचला चौधरीका अनुसार यही आर्थिक वर्षको प्रारम्भदेखि सुरु भएको यो कार्यक्रमबाट अहिलेसम्म एकसय ५० भन्दा बढी महिलाले स्वास्थ्य संस्थामा बच्चा जन्माए बाफत एक एक किलोग्राम घिउ लगिसकेका छन् ।

उपमेयर चौधरीले भनिन, ‘स्वास्थ्य संस्थामा सुत्केरी गराए बाफत एक किलोग्राम शुद्व घिउ उपहार दिने कार्यक्रम निकै लोकप्रिय भइरहेको छ । यसले सुत्केरी आमाको स्वास्थ्यलाई पनि फाइदा गरेको पाइएको छ । ’ सुत्केरी भएपछि घिउले तन्दुरस्त बनाउन सहयोग गर्ने र छुट्टै नयाँ कार्यक्रम भएकाले नगरपालिकाले यसलाई अगाडि बढाइरहेको चौधरीले बताइन । ठूलो संख्यामा थारु बसोवास भएको यो नगरपालिकामा आधा भन्दा बढी महिला अझै घरमै बच्चा जन्माउने गरेका छन् । यरो उपचार पाउन चार पटक गर्भवती जाच गराएको हुनु पर्छ । यो अभियानमा महिला स्वास्थ्य स्वयं सेविकाहरुको साथ र सहयोग रहेको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार ५७ प्रतिसत महिलाले मात्र स्वास्थ्य संस्थामा गएर सुरक्षित सुत्केरी सेवा लिने गरेका छन्् । पहिलेको तुलनामा दक्ष स्वास्थ्यकर्मीबाट स्वास्थ्य संस्थामै गएर बच्चा जन्माउने प्रचलन बढ्दै गइरहेको छ । सन् १९९६ को जनसांख्यिक स्वास्थ्य सर्वेक्षण अनुसार जम्मा ८ प्रतिसत महिलाले मात्र स्वास्थ्य संस्थामा गएर बच्चा जन्माउने गरेका थिए भने २०१६ मा त्यो संख्या बढेर ५७ प्रतिसत पुगेको छ । सरकारले स्वास्थ्य संस्थामा गएर बच्चा जन्माउने चलनलाई बढावा दिन सरकारी स्वास्थ्य संस्थामा प्रसूति सेवा निशुल्क गर्नुका साथै सुत्केरीलाई यातायत खर्च वाफत हिमालमा १५ सय, पहाडमा एक हजार र तराईमा पाँच सय रुपैया प्रदान गर्ने गरेको छ ।

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. पौडेल अख्तियारको फन्दामा
Next article ५३ प्रतिसत एचआईभी संक्रमित मात्र उपचारमा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134421
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web