हेल्थ टुडे
धनगढी : सुदूरपश्चिम प्रदेशका आयुर्वेद औषधालयमा जनशक्ति अभाव हुदा सेवा प्रभावित भइरहेको छ । ती मध्ये पहाडि जिल्लाका औषधालयमा सेवा प्रदान गर्ने कविराज र बैद्यहरुको दरबन्दी रिक्त हुदा समस्या परेको हो । समाजिक विकास मन्त्रालयको आयुर्वेद महासाखाका अनुसार सुदूरपश्चिम प्रदेशमा ४२ वटा आयुर्वेद औषधालयमध्ये १४ वटा कविराजको दरबन्दी रिक्त छ भने ५ वटा बैद्यको दरबन्दी खाली छ । आयुर्वेद महासाखा प्रमुख डा. चेतराज जोशीका अनुसार सबैभन्दा बढी रिक्त दरबन्दी बैतडीमा छ । बैत्तडीको बैतडी आयुर्वेद औषधालय, मुस्याचौर र गाजरी गरि ३ वटा आयुर्वेद औषधालयमा कविराजको दरबन्दी रिक्त छ । त्यसैगरि डडेल्धुराको जोडबुडा र आलीताल, बजाङको व्यासी र थालारा, दार्चुलाको गोकुले, डाटीको तोलेनी र जोराइल, कैललीको उर्मा र अछामको विनायकमा कविराजको दरबन्दी रिक्त छ । त्यसैगरि डडेल्धुराको मणिलेक र रुपाललामिकाडे, दार्चुलाको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, डोटीको लाटामाण्डू र बजाङको थालारामा गरि ५ वटा बैद्यको दरबन्दी रिक्त छ । ४२ वटा आयुर्वेद औषधालयमध्ये ३८ वटा स्थानिय निकाय मार्फत संचालन भइरहेका छन । डा. जोशीका अनुसार सरकारको नीति अनुसार अझै सुदूरपश्चिममा ५० वटा स्थानमा आयुर्वेद औषलालय स्थापना गर्न बाकी छन् । प्रदेश नम्बर ७ सामाजिक विकास मन्त्रालयबाट हाल आयुर्वेदको बिकाशको लागि सुदूरपश्चिम आयुर्वेद प्रतिष्ठान स्थापना गर्न , प्रादेशिक हर्बल गार्डन र प्रादेशिक योग तथा पंचकर्म केन्द्र बनाउन बजेट बिनियोजन भएको डा. जोशीले जानकारी दिए । आयुर्वेद औषधालयहरुले पूर्वकर्म, पञ्चकर्म, योगसेवा, ओपिडी, जिवनशैली परामर्श सेवा प्रदान गर्ने गरेका छन् ।
Leave a Reply