• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

जैविक विविधता संरक्षण र प्रजनन शिक्षा सँगसँगै

December 13th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
जैविक विविधता संरक्षण र प्रजनन शिक्षा सँगसँगै

हेल्थ टुडे,

काठमाडौँ :  जैविक विविधता संरक्षण र यौन तथा प्रजनन स्वास्थ्यका कार्यक्रम एक साथ सञ्चालनले ती दुबैै क्षेत्रमा उल्लेखनीय परिवर्तन देखाएको छ । विश्व वन्यजन्तु कोष र नेपाल परिवार नियोजन संघले चितवन, रुपन्देही, नवलपरासी, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लामा संयुक्त रुपमा सञ्चालन गरेको जनसङ्ख्या, स्वास्थ्य र वातावरण परियोजनाले ती क्षेत्रका वासिन्दामा वातावरण र प्रजनन स्वास्थ्यका क्षेत्रमा उल्लेखनीय परिवर्तन देखिएको हो । विश्व बन्यजन्तु कोष नेपाल, विश्व वन्यजन्तु कोष फिनल्याण्ड, फेमेली फेडरेसन अफ फिनल्याण्ड र नेपाल परिवार नियोजन संघको साझेदारीमा कार्यान्वयनमा ल्याएका तीनवर्षे कार्यक्रमको समीक्षा गर्न राजधानीमा बुधबार आयोजित कार्यक्रममा जैविक संरक्षणका विविध आयामबारे समुदायलाई सचेतना ल्याउनेक्रममा यौन तथा प्रजनन स्वास्थ्यका जानकारीले समुदायमा  सकारात्मक प्रभाव परेको जानकारी दिइयो । कार्यक्रमका अवधिमा ती जिल्लाका तीन लाख १६ हजार जना लाभान्वित भएको परिवार नियोजन संघका कार्यक्रम निर्देशक सुभाषचन्द्र श्रेष्ठले जानकारी दिए ।  विशेष गरी राष्ट्रिय निकुन्ज क्षेत्रका मध्यवर्तीमा बसोबास गर्ने समुदायलाई वन, वन्यजन्तु  तथा जैविक विविधता संरक्षणका सहभागी आय आर्जन बढाउने तथा उनीहरुको यौन तथा प्रजनन स्वास्थ्य स्थितिमा सुधार ल्याउन नेपालमा पहिलोपटक यस किसिमको नौलो कार्यक्रम सञ्चालन गरिएको थियो । .मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने समुदायलाई यौन तथा प्रजनन स्वास्थ्य सेवा आफ्नै घर आँगनमा क्लिनिक स्थापना गरी प्रदान गरिएको थियो । कार्यक्रममा नोपलका लागि फिनल्याण्डका राजदुत पेर्ति आन्तिनेतले जनसङ्ख्या, स्वास्थ्य तथा वातावरण परियोजनाले समुदायमा सकारात्मक प्रभाव परेको बताए ।

नेपाल परिवार नियोजन सङ्घका महाप्रवन्धक कृष्णप्रसाद विष्टले समुदाय  स्वास्थ्य भए मात्र जैविक विविधता संरक्षणमा योगदान दिनसक्ने कुरालाई  ध्यानमा राखी जैविक विविधता संरक्षण र यौन तथा प्रजनन स्वास्थ्यका कार्यक्रम एकसाथ सञ्चालन गरिएको र यसले सकारात्मक प्रभाव पारेको बताए ।  विश्व संरक्षण सङ्घका नेपाल प्रतिनिधि डा घनश्याम गुरुङले जैविक संरक्षणका लागि यौन तथा प्रजनन स्वास्थ्य सेवा आवश्यक पर्दाेरहेछ भन्ने विषय परियोजनको उपलब्धिले देखाएको बताए । विश्व वन्यजन्तु कोषका निर्देशक शिवराज भट्टले परियोजनाले हासिल गरेका उपलब्धीका बिषयमा प्रकाश पारेका थिए । नवलपरासी कावासोती नगपालिकाका उपप्रमुख प्रेमशङ्कर करडियाले आफ्नो नगरपालिकाले जैविक संरक्षक र यौन तथा प्रजनन स्वास्थ्य क्षेत्रमा लगानी बढाएको जानकारी दिए । (रासस)

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सनराईज बैंकको स्वास्थ्य तथा दुर्घटना वीमा सम्बन्धी अन्तरक्रिया
Next article सरकारी चिकित्सक पनि नयाँ स्वास्थ्य सचिवको विरोधमा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134421
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web