• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य मन्त्रालयमा सचिवको कुर्शी खोसाखोस

December 21st, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य मन्त्रालयमा सचिवको कुर्शी खोसाखोस

हेल्थ टुडे,

काठमाडौं, ६ पुष : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सचिवको कार्यकक्षको कुर्शीमा को बस्ने ? भन्ने विवादले उत्कर्ष रुप लिएको छ । एकजना सचिव हुनु पर्नेमा दुई जना सचिव भएपछि सचिवको कुर्शी खोसाखोस हुन थालेको हो । मन्त्रालयमा अहिले दुई जना सचिव छन् । प्रधानमन्त्री कार्यालयबाट सरुवा भएर गएका केदारवहादुर अधिकारी र प्रधानमन्त्री कार्यालय सरुवा भएपछि अदालत पुगेर अन्तरिम आदेश ल्याएकी डा.पुष्पा चौधरीबिच कुर्शीको लडाईका कारण स्वास्थ्य मन्त्रालयमा अहिले दिनहू जसो रमिता हुने गरेको छ । मन्त्रीपरिषद्ले गत असोज २८ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा. पुष्पा चौधरीलाई प्रधानमन्त्री कार्यालय सरुवा गरेको थियो । आफ्नो सरुवा  नियम बिपरित भएको भन्दै डा. चौधरी कार्तिक १५ गते अदालत गएकी थिइन । अदालतले चौधरीका पक्षमा अन्तरिम आदेश दिएपछि  उनी सरुवा भएको कार्यालय नगएर स्वास्थ्य सचिवकै कुर्शीमा बस्ने गरेकी थिइन । सरकारको निर्णय अटेरी गरेको भन्दै मन्त्रीपरिषद्ले अदालतको आदेश बदर गर्न भ्याकेट दर्ता गराएको थियो ।

डा. चौधरीको कार्यसम्पादनबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव सुरु देखि नै बेखुशी थिए । डा. चौधरीको सरुवा भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री यादवले मन्त्रीपरिषद्को स्विकृति लिएर मन्त्रालयका प्रमुख विशेषज्ञ डा. शुशिलनाथ प्याकुरेललाई सबै अधिकार सहित निमित्त सचिवको जिम्मेवारी दिएका थिए । डा.प्याकुरेलले निमित्त सचिवको जिम्मेवारीमा काम गर्दा आफ्नै कार्यकक्षमा बसेर गर्ने गरेका थिए । तर जिम्मेवारी विहिन भए पनि डा. चौधरीले सचिवको कार्यकक्ष र कुर्शी छोडेकी थिइनन् । सरुवा भएपछि अदालतको आदेश नआउन्जेलसम्म पनि उनले सचिवको कुर्शी छाडेकी थिइनन् । यसैबिचका सरकारले मंसिर १८ गते प्रधानमन्त्री कार्यालयका सचिव केदारबहादुर अधिकारीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा सरुवा गरेपछि फेरि कुर्शीको विवाद उत्कर्षमा पुग्यो । मंसिर २४ गते अधिकारी सचिव भएर आएपछि पनि चौधरीले सचिवको कार्यकक्ष र कुर्शी छोडन मानेकी थिएनन । तर मन्त्रालयका अधिकारीले नयाँ सचिवलाई जसरी नी सचिव कै कार्यकक्ष चाहिने भनेपछि मंसिर २४ गते उनी जनसंख्या महासाखाको कार्यकक्षमा बस्न राजी भएकी थिइन । मंसिर २४ यता उनी सचिवको कार्यकक्षमा छिरेकी थिइनन ।

पुष ५ गते अदालतले डा.चौधरीको निवेदन र सरकारको भ्याकेटका बिषयमा अन्तरिम आदेश जारी गर्दै डा. पुष्पाका पक्षमा फैसला गरेपछि फेरि कुर्शी विवाद सुरु भएको हो । शुक्रबार सचिव अधिकारी बाहिर कार्यक्रममा गइरहेको बेला डा. चौधरी सचिवको कार्यकक्षमा सचिवको कुर्शीमा बसेपछि एउटा कुर्शीका दई जना कसरी बस्ने भन्ने विवाद सिर्जना भएको छ । रमाइलो त के भयो भने, भित्र सचिवको कुर्शीमा डा. चोधरी बसेकी थिइन भने बाहिर नेमप्लेट केदार बहादुर अधिकारी कै थियो । अदालतले आफ्नो पक्षमा निर्णय दिएकाले सचिवको कुर्शीमा आफु बस्न पाउनु पर्ने भन्दै डा. चौधरी कुर्शीमा बसेर टेबुलमा अदालतको फैसलाको फोटोकपी राखेको मन्त्रालयका एक अधिकारीले बताए । डा. चौधरीसंग सम्पर्क गर्दा उनले फोन उठाइनन् । अर्का सचिव अधिकारीले आफु जरुरी कार्यक्रममा भएकाले यस बिषयमा अहिले केही नबोल्ने बताए । सचिव विवादले स्वास्थ्य मन्त्रालय रमिते मन्त्रालय भएको छ । एक कर्मचारीले भने, ‘मन्त्रालयमा त हिजोआज काम भन्दा रमिता बढी हुने गरेको छ । यस्तो रमिता कति दिन चल्ने हो थाहा छैन ।’  स्वास्थ्यमा चारतिरको समस्या छ । मन्त्रालयका अर्का उच्च अधिकारीले भने, ‘मन्त्रीपरिषद्ले केदारबहादुर अधिकारीलाई सचिव बनाएर पठाएको छ । अदालतले डा. चौधरीलाई नै निरन्तरता दिनु भनेको छ । स्वास्थ्य मन्त्री यादव प्रमुख विशेषज्ञ डा. प्याकुरेललाई अधिकार दिएर काम गराउन चाहन्छन । अर्कोतिर नेपाच चिकित्सक संघ प्रशासन तर्फका अधिकारीलाई सचिव स्विकार नगर्ने भन्दै आन्दोलनमा उत्रिने चेतावनी दिइसकेको छ । भद्रगोल अवस्थामा मन्त्रालय कसरी चल्छ ? ’

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article अनमोल आयुर्वेदको नि : शुल्क स्वास्थ्य सिविर
Next article परिवार नियोजन संघको अध्यक्षमा हिमाल कसजू

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134421
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web