• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 14th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

उत्तरी खोटाङमा भएको निःशुल्क स्वास्थ्य शिविरमा ३ हजारले लिए सेवा

January 19th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
उत्तरी खोटाङमा भएको निःशुल्क स्वास्थ्य शिविरमा ३ हजारले लिए सेवा

    हेल्थ टुडे,

काठमाडौ :  उत्तरी खोटाङका जाल्पा,बाक्सिला,खार्ताम्छा,ऐसलुखर्क र हलेसीमा १० दिने नि : शुल्क घुम्ती स्वास्थ्य शिविर सम्पन्न भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,स्वास्थ्य सेवा बिभाग,उपचारात्मक सेवा महाशाखाको आयोजना तथा स्थानीय सहयोगी संस्था हस्पिटल फर ईर्मजेन्सी केअर एण्ड सर्पाेटको सहयोगमा उक्त बिशेषज्ञ घुम्ती स्वास्थ्य शिविर सम्पन्न भएको हो । घुम्ती स्वास्थ्य शिवीरमा छाला,हाडजोर्नी,छाती,बाल लगायतका सामान्य,जेष्ठ नागरिक,दा“त तथा मुख,आ“खा,महिला सम्बन्धी रोग,स्तन क्यान्सर स्क्रिनीङ,भिडियो एक्सरे,आर्युवेद,योग तथा जीवनशैली ब्यवस्थापन र औषधी बितरण सेवा नि ःशुल्क प्रदान गरिएको थियो । शिवीरमा सामाजिक सेवा ईकाई सेवा मार्फत उपचार गर्न नसक्नेलाई नजिकको प्रेषण वा काठमाडौं ल्याएर वा घुम्ती शल्यक्रिया शिविर संचालन गरी उपचार गराउन उनीहरुको नाम,सम्पर्क ब्यक्ति र फोन नम्बर अभिलेख गरिएको सिविरका संयोजक दन्तरोग विशेषज्ञ डा. प्रकाश बुढाथोकीले बताए । आर्युवेद बिभाग,न्याम्स वीर अस्पताल,शुक्रराज ट्रपीकल अस्पताल,ग्राण्डी अस्पताल र नेपाल आखा अस्पतालका बिशेषज्ञहरु संलग्न उक्त शिवीरबाट ३ हजार बढीले सेवा दिएका छन । पौष २२ देखी ३० गतेसम्म संचालन भएको उक्त शिविरमा २ सय महिलाको म्यामो गरिएकोमा ४२ जनाको स्तनमा डल्ला भेटिएकाले एफएनएसी वा बायोप्सी गरी खतरनाक भए नभएको निर्धक्क हुन सुझाईएको छ । ५ सय ८५ जना बिरामीको दा“त निकालिएको र १५ जनाको सामान्य शल्यक्रिया गरिएको थियो । १ सय १९ जना आ“खाको बिरामीलाई शल्यक्रिया गर्नका लागी रेर्कड राखिएको छ । त्यसैगरी अन्य जटिल शल्यक्रियाका लागी १ सय ८९ जनाको अभिलेख तयार भएको छ । आर्युवेदिक,होमीयोप्याथिक र एलोप्याथीक गरी १० लाख बढीको नि : शुल्कऔषधी बितरण भएको छ ।

डा. बुढाथोकीको नेतृत्वमा डा. बिश्व दवाडी,डा. साधना आचार्य,डा. सुरक्षा बास्कोटा,डा. सरोज कुमार राय,डा. चा“दनी जयसवाल,डा. मनोज कुमार महत,डा. सुनील तामाङ,आ.स. कल्याण ढुगांना,हे.अ. भुवन पुरी,हेअ दौलत तुलाधर,हेअ अमृतजंग बस्नेत,डेअ धर्मेन्द यादव,नर्स शर्मिला आचार्य,सहयोगीहरु अर्चना केसी, कुसुम श्रेष्ठ,झुमा पोखे्रल,तेजमाया राई,नवीन राई लगायत २५ जना स्वास्थ्यकर्मीहरु काठमाडौवाट तथा स्थानीय प्राथमीक स्वास्थ्य सेवा केन्द्र र स्वास्थ्यचौकीबाट ७ जना स्वास्थ्यकर्मीहरु  शिवीरमा संलग्न थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डा.केसीको जिवन रक्षाका लागि अप्रिय कदम चाल्न सक्ने संघको चेतावनी
Next article सातौ ‘नेपाल फर्मा एण्ड हेल्थ एक्स्पो’ चितवनमा हुने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132856
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

33
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

27
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web