• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 8th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

आनन्दबन अस्पताल गोदावरी नगरपालिकाको गहना : महर्जन

January 25th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
आनन्दबन अस्पताल गोदावरी नगरपालिकाको गहना : महर्जन

हेल्थ टुडे,

लेले, ललितपुर ११ माघ : गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले आनन्दबन अस्पताल नगरपालिकाको गहना भएको बताएका छन् । ६६ औं विश्व कुष्ठरोग दिवसको पूर्व सन्ध्यामा शुक्रबार आनन्दबन अस्पताल लेलेमा आयोजना गरिएको बहुपक्षिय अन्तरक्रियामा मेयर महर्जनले देशभरिका सयौं कुष्ठरोगीलाई निशुल्क गुणस्तरीय सेवा प्रदान गरेर नगरपालिकाका लागि अस्पताल गहना भएको दावी गरे । अस्पतालले कुष्ठरोगको उपचारका अलावा सर्वसुलभ रुपमा हाडजार्नी सहित, बालरोग, प्याथोलोजी, फिजियो थेरापी लगायतका उपचार सेवा प्रदान गरिरहेकोले स्थानियवासी अस्पतालले दिने सेवाबाट लाभान्वित भइरहेको महर्जनले खुशी व्यक्त गरे । उनले भने, ‘ आनन्दबन अस्पतालसँग सहकार्य गरेर नगरपालिका अगाडि बढ्न चाहन्छ । ’

दी ल्याप्रोसी मिसन नेपालका कन्ट्री डाइरेक्टर शोभाकर कँडेलले आनन्दबन अस्पतालले अहिलेसम्म २० हजार भन्दा बढी कुष्ठरोगीको उपचार गरेको जानकारी गराउदै समाजिक र कानूनी भेदभाव अन्त्य नभएसम्म उनीहरुले सम्मानजनक जिवन निर्वाह गर्न नसक्ने दावी गरे । विहावारी सम्बन्धी कानूनमा कुष्ठरोगी भए विवाह बदर हुन सक्ने प्रवधान हटाउन पटक पटक पहल गरे पनि बेवास्ता गरेको कँडेलले बताए ।  दी ल्याप्रोसी मिसन नेपाल, आनन्दबन अस्पतालका तालिम प्रमुख गोपाल पोखरेलले भारतको संसदले यही जनवरी ७ तारिखमा नेपालको जस्तै विभेदपूर्ण कानूनी प्रवधान हटाएको जानकारी दिदै नेपाल सरकारले पनि तुरन्त यस किसिमका भेदभावपूर्ण कानून हटाउनु पर्ने बताए ।

कुष्ठप्रभावितहरुको संस्था आईडिया नेपालका अध्यक्ष अमर तिमिल्सिनाले कुष्ठ प्रभावितहरुले समाजमा लुकेर बस्नु भन्दा अगाडि आउनु पर्नेमा जोड दिए । कुष्ठरोग विशेषज्ञ डा. महेश शाहले कुष्ठरोग वंशानुगत रोग नभएको बताउदै सुरुकै अवस्थामा उपचार गराउन सके कुष्ठरोगबाट अंगभंग हुनबाट बचाउन सकिने बताए । कार्यक्रममा सञ्चारकर्मीहरुसँग अन्तरक्रिया पनि गरिएको थियो । दी लेप्रोसी मिसन नेपालले सञ्चालन गरिरहेको आनन्द बन अस्पतालमा ८० वेड कुष्ठरोगीका लागि निशुल्क छुट्याइएको छ भने ३० वेड हाडजोर्नी, बालरोग, प्याथोलोजी सहितको सेवा सहितको सशुल्क सेवा उपलब्ध छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article प्रदेश भित्र पर्ने स्वास्थ्य संस्थाहरु प्रदेश सरकारलाई हस्तान्तरण
Next article विश्व कुष्ठरोग दिवस र कानुनी विभेद

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132669
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

25
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

13
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web