हेल्थ टुडे,
काठमाडौं, १४ माघ : पूर्व युवराज पारस शाहलाई तेश्रो पटक हृदयघात भएको छ । हृदयघात भएपछि उनलाई उपचारका लागि थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल लगिएको थियो । उनलाई सोमबार साझ सवा ४ बजे नर्भिकको आकस्मिक कक्षमा ल्याइएको थियो । त्यसपछि उनलाई क्याथल्यावमा सारेर कोरोनरी एन्जियोग्राम गर्दा मुटुको धमनी पूर्णरुपमा बन्द रहेको पाइएको थियो । उपरोक्त बन्द (अवरोध) खुलाउन कोरोनरी एन्जियोप्लाष्टी तथा स्टेन्ट प्रत्यारोपण गरिएको र उक्त कार्य सफलतापूर्वक सम्पन्न भएको नर्भिकले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । उनलाई अहिले सीसीयूमा सारिएको छ । उनको उपचारमा मुटुरोग विशेषज्ञ डा. यादवदेव भट्ट सहित डा. जे.पी. जैसवाल, डा. नग्मा श्रेष्ठ, डा. सन्तोष श्रेष्ठ र एनेस्थेसियोलोजिष्ट डा. प्रज्वल श्रेष्ठको टोली संलग्न रहेको थियो । उनको स्वास्थ्य अवस्था हाल स्थिर रहे पनि खतरामुक्त भने अझै नभएको विज्ञप्तिमा उल्लेख गरिएको छ । शाहको केही दिन अस्पतालमै राखेर उपचार हुने छ ।
Leave a Reply