• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

पहिलोपटक आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट ६१५ जना लाभान्वित

February 24th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
पहिलोपटक आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट ६१५ जना लाभान्वित

म्याग्दी,१२ फागुन । म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा पहिलोपटक आयोजना गरिएको विशेषज्ञ चिकित्सकसहितको निःशुल्क स्वास्थ्य शिविरबाट ६१५ जनाले सेवा लिएका छन् । शिविरमा ४१८ महिला र १८७ पुरुषले स्वास्थ्य जाँच गराएका थिए ।

तीमध्ये १२२ स्त्रीरोग, नाक, कान र घाँटीका ८७, फिजिसियन १९९ र हाडजोर्नी तथा नशारोगसम्बन्धी २०७ बिरामीले विशेषज्ञ चिकित्सकबाट उपचार गराएका थिए । एकदिने स्वास्थ्य शिविरमा पोखराका विभिन्न अस्पतालका विशेषज्ञ चिकित्सकले बिरामीको स्वास्थ्य जाँच गरेका थिए । २७ बिरामीलाई भने पोखरामै बोलाएर उपचार गरिने भएको छ ।

शिविरमा गौश्वारा, विमिराबोट, तमाने, भकुण्डे, फापरखेत, खवरा, बगरफाँटलगायत बागलुङ जिल्लाको चनौटे, पन्चासे र मालिकाबाट समेत बिरामी आएका आयोजकले जानकारी दिएका छन् ।

शिविरमा हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. भरत खत्री, स्त्रीरोग विशेषज्ञ डा. छममाया पुन, फिजिसियन डा. रोशन श्रेष्ठ, नशारोग विशेषज्ञ डा. राजन शर्मा, हाडजोर्नी विशेषज्ञ डा. सुनिल पहाडी, फिजिसियन डा. किरण तामाङ तथा नाक कान घाँटीका विशेषज्ञ डा. सञ्जय महर्जनको टोलीले बिरामीको स्वास्थ्य जाँच गरेका थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article खाद्यान्न तथा तरकारीमा विषादी प्रयोग रोक्न विषादी मापन केन्द्र स्थापना गरिने
Next article १५ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियान सुरु हुँदै,७८ लाखलाई औषधि खुवाउने लक्ष्य

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134421
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web