• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 28th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य अनुसन्धानका आधारमा स्वास्थ्य नीति बन्नु पर्छ  : यादव

April 11th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य अनुसन्धानका आधारमा स्वास्थ्य नीति बन्नु पर्छ  : यादव

हेल्थ टुडे,

काठमाडौं, २८ चैत : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रप्रसाद यादवले स्वास्थ्य अनुसन्धानका आधारमा स्वास्थ्य नीति बन्नु पर्ने बताएका छन । अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा बन्ने नीतिले मात्र वास्तविक जनताको स्वास्थ्य समस्या हल गर्न सक्ने उनको दाबी छ ।  नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले राजधानीमा आयोजना गरेको स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको पाँचौ शिखर सम्मेलन उद्घाटन गर्दै राज्यमन्त्री यादवले स्वास्थ्य क्षेत्रमा अझै बढी अनुसन्धान हुनुपर्नेमा जोड दिए ।उनले भने, ‘आधारिक र तथ्यपूर्ण अनुसन्धानले सरकारलाई  नीति, योजना र कार्यक्रम बनाउन सहज हुन्छ । अनुसन्धानका आधारमा बनाएको नीति जनस्वास्थ्यका लागि बलियो आधारस्तम्भ हो ।’ स्वास्थ्य अनुसन्धान परिषद्ले अनुसन्धानमा गरिरहेको प्रयास सकारात्मक रहेको बताउदै राज्यमन्त्री यादवले परिषद्लाई सरकारको पूर्णसहयोग रहने बताए।

स्वास्थ्य सचिव डा पुष्पा चौधरीले जनस्वास्थ्य ऐन र  प्रजनन स्वास्थ्य ऐनको सफल कार्यन्वयनले स्वाथ्यका अधिकांश समस्या समाधान गर्ने दावी गर्दै स्वास्थ्य विमालाई देशभरि नै लागु गर्ने तयारी भइरहेको जानकारी दिइन । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी अध्यक्ष प्रा.डा अन्जनीकुमार झाले देशको कुनाकप्चाका स्वास्थ्य समस्या र समाधानका बिषयमा सम्मेलनमा व्यापक छलफल हुने भएकाले सम्मेलनले हरेक वर्ष थप उचाई लिइरहेको बताए । सम्मेलनमा परिषद्का उपाध्यक्ष डा. भोजराज अधिकारी, वरिष्ठ मुटुरोग विज्ञ डा. मृगेन्द्रराज पाण्डे, प्रमुख विशेषज्ञ डा. शुशिलनाथ प्याकुरेल लगायतले स्वास्थ्य अनुसन्धानको आवश्यकतामाथि जोड दिएका थिए ।‘संघीय प्रणालीमा समता र विकासका लागि अनुसन्धान’ नारा दिइएको सम्मलेन भोलि शुक्रबारसम्म चल्नेछ। सम्मेलनमा स्वास्थ्यका विविधि विषयमा १ सय ३७ अनुसन्धानात्मक कार्यपत्र प्रस्तुत गरिने छ। जसमध्ये ३३ वटाको मौखिक प्रस्तुतीकरण र १ सय ४ वटाको पोस्टर प्रस्तुतीकरण भइरहेको परिषद्ले जनाएको छ। सम्मेलनमा प्रस्तुत गरिएका मध्येबाट ७ वटा विधामा उत्कृष्ट वैज्ञानिकलाई सम्मानित गरिने परिषद्ले जनाएको छ। सम्मेलनमा एक हजार व्यक्तिले सहभागिता जनाएका छन्।

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सरकारी तथा गैरसरकारी स्वास्थ्य संस्था ठप्प पार्ने चिकित्सक संघको चेतावनी
Next article कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा बाजुरा र अछाममा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 27th 1:35 PM
समाचार

औषधिपुरकको परिभाषाप्रति फ्यानक्यानको आपत्ति, सरोकारवालासँग थप छलफल गर्न सरकार तयार

Jul 25th 7:19 AM
समाचार

चर्को विरोधपछि डा.गोविन्द केसी अनसन छोडेर सेती प्रादेशिक अस्पताल भर्ना

Jul 24th 7:43 AM
समाचार

डा. केसीविरुद्ध सुदूरपश्चिममा विरोध चर्कियो, संघर्ष समितिले दियो प्रतिअनशनको चेतावनी

Jul 23rd 10:28 AM
समाचार

५ बुँदे माग राख्दै धनगढीबाट डा. गोविन्द केसीले सुरु गरे अनसन

Jul 21st 6:22 AM
समाचार

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार

Jul 20th 9:05 AM
समाचार

भारतीय बजार मूल्यलाई आधार बनाएर औषधिको मूल्य समायोजन गरिने

Jul 19th 9:04 AM
बिशेषज्ञ लेख

रगत जाँच गराएर रोग पत्ता लगाउन सकिन्छ थाइराइड

Jul 18th 9:28 AM
स्वास्थ्य विशेष

शान्तलाल मुल्मी :  स्वास्थ्य अधिकार र शिक्षा सुधारका गान्धीवादी अभियन्ता 

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133595
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

125
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

122
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web