• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सरकार र चिकित्सकको गैरजिम्मेवारीपनले सरकारी अस्पताल लथालिङ्ग, विरामी मारमा

April 13th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सरकार र चिकित्सकको गैरजिम्मेवारीपनले सरकारी अस्पताल लथालिङ्ग, विरामी मारमा

हेल्थ टुडे,
काठमाडौ,३० चैतः कर्मचारी समायोजनको विरोधमा आकस्मिक बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पारेर चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि स्वास्थ्य सेवा प्रभावित बनेको छ । आन्दोलनमा उत्रिएका सरकारी चिकित्सक र सरकारबीच अनौपचारिक छलफल भएपनि दुवै पक्षले आ–आफ्नो अडानमा कायमै रहँदा समस्या समाधान हुन सकेको छैन् । यसको प्रत्यक्ष मार बिरामीलाई परेको छ ।

सरकारले आठ दिनदेखि आन्दोलनरत चिकित्सक सेवामा नफर्किएसम्म उनीहरूको मागमा सकारात्मक हुन नसक्ने अडान राखेको छ भने आन्दोलनरत चिकित्सकहरुले पूर्वसहमति अनुसार समायोजन सूची नसच्चिएसम्म आन्दोलन जारी रहने अडान कायमै राखेका छन् ।

सबै चिकित्सकलाई संघअन्तर्गत राखेर परिचालन गरिनुपर्ने चिकित्सकको मागमा मन्त्रालयले कर्मचारी संघ, प्रदेश, स्थानीय तह जहाँ गए पनि बढुवामा समस्या नहुने र अध्ययन–अध्यापनमा संघ बराबर अधिकार दिएको सरकारको जिकिर छ । प्रदेश र स्थानीय तहमा समायोजन भएका चिकित्सकको सरुवा समस्या प्रादेशिक निजामती ऐनले सम्बोधन गर्ने सरकारको तर्क छ ।

तर, विशेषज्ञ चिकित्सकको हकमा उसले प्राप्त गरेका ज्ञान, सीप, योग्यताअनुसार हुनुपर्नेमा पदस्थापन गर्दा त्यसो नभएकोप्रति चिकित्सकहरूको आपत्ति छ ।  सरकार र चिकित्सकहरुको यो जुँगाको लडाईले बरिब तीन लाख विपन्न नागरिक सेवा लिनबाट वञ्चित भएका छन् । दुर्गमदेखि आएका बिरामी अस्पताल ठप्प हुँदा सेवाविहीन भएका छन् ।

यसैबीच, कर्मचारी समायोजनका विषयमा असहमति राख्दै आएका चिकित्सक र सरकारबीचको वार्ता बिना निस्कर्ष टुङ्गिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शुक्रबार दिनभर भएको वार्ता उपलब्धिपूर्ण भएन् । बुधबार र बिहीबार मध्यरातसम्म अनौपचारीक छलफल गरेको सरकारले शुक्रबारको औपचारिक छलफलमा निस्कर्ष निकाल्न सकेन ।

वार्तामा सहभागि नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले वार्ता पुनः शनिबार हुने जानकारी दिए । सरकारसमक्ष वार्ताको नेतृत्व नेपाल चिकित्सक संघले गरेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ज्येष्ठ नागरिक स्वास्थ बीमा अभियान सुरु
Next article कर्मचारी समायोजनमा स्वास्थ्यकर्मी संघको पनि विरोध, तत्काल त्रुटि सच्याउन माग

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134421
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web