• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 6th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

मेडिकल कलेजको ठगी धन्दाः शैक्षिक शुल्कका नाममा ‘मिटर ब्याज’ असुली

April 17th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मेडिकल कलेजको ठगी धन्दाः शैक्षिक शुल्कका नाममा ‘मिटर ब्याज’ असुली

हेल्थ टुडे,
काठमाडौ,४ बैशाखः काठमाडौं विश्वविद्यालय (केयु) ले एमबीबीएस अध्ययनरत विद्यार्थीसँग शैक्षिक शुल्कका नाममा ‘मिटर ब्याज’ असुल्ने गरेको भेटिएको छ । केयूको विस्तारित कार्यक्रमका रूपमा स्थापित विराटनगरको विराट मेडिकल कलेज र रूपन्देहीको देवदह मेडिकल कलेजले सरकारले तोकेभन्दा लाखौं बढी असुल्दै आएका हुन् ।

ऊक्त शुल्कसहित अतिरित्त रकम समयमै नबुझाउनेसँग यी कलेजले ब्याजमाथि ब्याज लिने गरेका छन् । दुवै कलेज काठमाडौं युनिभर्सिटी स्कुल अफ मेडिकल साइन्सेसद्वारा सञ्चालित कार्यक्रमअन्तर्गत पर्छन् । केयूको क्षमताका कारण सम्बन्धन दिन नसकिने भएपछि प्रत्यक्ष रूपमा चल्ने गरी कार्यक्रम विस्तार गरिएको थियो । विराटले सार्वजनिक सूचना नै प्रकाशन गरी विद्यार्थीले तिर्ने ५० हजार शुल्कबराबर प्रतिदिन दुई सयका दरले ब्याज दिनुपर्ने जनाएको छ ।

सरकारले काठमाडौं उपत्यकाबाहिर एमबीबीएस अध्ययन गर्न ४२ लाख शुल्क तोकेको छ । पहिलो किस्तामा ५० प्रतिशत रकम बुझाएर विद्यार्थी भर्ना हुन्छन् । दोस्रो किस्तामा करिब १० लाख रुपैयाँ बुझाउनुपर्छ । उक्त रकम समयसीमाभित्र नबुझाए कलेजले चर्को ब्याज असुल्ने गरेको हो । १० लाखको ४ सयका दरले दैनिक ब्याज मात्रै ४ हजार उठ्छ । करिब १० लाखको तेस्रो किस्तामा पनि यसै गरी ब्याज असुलिन्छ ।

यसबाहेक पनि यी कलेजले सरकारले तोकेभन्दा लाखौं बढी लिन्छन् । उक्त रकममा पनि सोही दरले ब्याज लिने गरिएको एक अभिभावकले बताए । ब्याजबापत एउटै विद्यार्थी १० लाखसम्म तिर्न बाध्य भएको अभिभावकको गुनासो छ । अतिरिक्त शुल्क र ब्याजको बिलभर्पाइ भने दिइँदैन ।

विश्वविद्यालयका उपकुलपति रामकण्ठ माकजु, डिन राजेन्द्र कोंजुलगायत पदाधिकारीको संरक्षण र मिलमतोमा कलेजले मनोमानी शुल्क र ब्याज लिएको विद्यार्थीको गुनासो छ । पदाधिकारीहरू निजी कलेजले अतिरिक्त रकम असुले पनि धुलिखेलको आंगिक क्याम्पसले बढी रकम नलिएको भनी पन्छिने गरेका छन् । पटकपटक गुनासो र उजुरी गर्दा पनि कारबाहीका लागि चासो नदिएको पीडित विद्यार्थी बताउँछन् ।(कान्तिपुर दैनिकबाट)

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article के हो  मिर्गौला प्रत्यारोपण ?
Next article विश्व हेमोफिलिया दिवस मनाईदै,कति छन् नेपालमा हेमोफिलियाका बिरामी ?

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 23rd 1:07 PM
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

Sep 20th 9:57 AM
स्वास्थ्य विशेष

पिसाब चुहिने समस्या र त्यसको निदान

Sep 20th 9:13 AM
समाचार

वीर अस्पतालमा गरिएको अध्ययनले भन्यो, समयमै पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिन्छ

Sep 20th 8:54 AM
समाचार

बजेट अभावमा अलपत्र अस्पताल

Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

Sep 17th 11:38 AM
समाचार

नेपाल मेडिसिटीमा अर्को सफल कलेजो प्रत्यारोपण

Sep 17th 4:45 AM
लेखविचार

मधुमेहबाट बच्ने पाँचवटा सूत्रहरू

Sep 16th 1:15 PM
समाचार

यो वर्ष दसैंमा अग्रिम टिकट बुकिङ नखुल्ने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131916
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

27
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

18
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web