• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 15th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

विश्व हेमोफिलिया दिवस मनाईदै,कति छन् नेपालमा हेमोफिलियाका बिरामी ?

April 17th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
विश्व हेमोफिलिया दिवस मनाईदै,कति छन् नेपालमा हेमोफिलियाका बिरामी ?

हेल्थ टुडे,
काठमाडौ,४ बैशाखः विभिन्न जनचेतनामुलक कार्यक्रम गरी आज विश्वभर हेमोफिलिया दिवस मनाईँदै छ । नेपालमा अहिलेसम्म यो रोगका बारेमा खासै चर्चा हुने गरेको छैन् । तर, हेमोफिलिया सोसाइटी नेपालका अनुसार अहिलेसम्म ६ सय ८० जना हेमोफिलियाका बिरामीको पहिचान भएको छ । नेपालमा ३ हजार ५ सय जना हेमोफेलियाका बिरामी रहेको सोसाइटीको अनुमान छ । जसमध्ये शारीरिक अपांगता भएका ९० प्रतिशत छन् । हेमोफिलिया सोसाइटी नेपालले आवश्यक औषधोपचारको अभावमा पहिचान भएका व्यक्तिहरुमध्येबाट वार्षिक ३–४ जना व्यक्तिको ज्यान गईरहेको जनाएको छ ।

बच्चाहरु बामे सर्दै गर्दा शरीरमा निलडामहरु देखिने, दाँत साँटिदा रक्तश्राव भइरहने, बेलाबेलामा जोर्नी तथा मांशपेशीहरु सुन्निने र अत्यधिक पीडा हुने, दिसा पिसाबमा रगत देखापर्ने आदि हेमोफिलियाका लक्षण हुन् । हेमोफिलिया समस्या देखिएपछि निको नहुने तर समयमा उपचार पाएमा रोगथाम गर्न सकिने यस क्षेत्रका विज्ञहरुको भनाई छ । धेरै मात्रामा शारीरिक रूपमा अपांग भएपछि मात्र रोग पत्ता लाग्ने गरेको छ ।

यसको औषधि एन्टी हेमोफिलिक फ्याक्टले शरीरमा रगत जम्न सहयोग गर्छ । यो औषधी सुईका माध्यमबाट नसामा दिइन्छ । यो समस्या वंशाणुगत वा अन्य कारणले पनि देखापर्न सक्छ । यो समस्या हुँदा मस्तिष्कमा अत्यधिक रक्तश्राव पनि हुनुका साथै दिसा र पिसाबबाट पनि धेरै रगत जाने हुन्छ । यो बेला तुरुन्त औषधी प्रयोग गर्न नपाए बिरामीको मृत्यु हुन्छ । यो औषधिले तत्कालै रक्तश्राव रोक्छ ।

महिलामा हुने एक्स क्रोमोजोमले हेमोफिलिया बोक्छ भने शरीरमा हुने रक्तश्रावलाई रोक्न चाहिने फ्याक्टर पनि एक्स क्रोमोजोमले नै उत्पादन गर्छ त्यसो हुँदा पुरुषमा रहेको एउटा एक्स क्रोमोजोममा हेमोफिलिया भयो भने क्लटिङ फ्याक्टर उत्पादन नहुँदा अनियमित रक्तश्राव हुने गर्छ । महिलामा दुई वटा एक्स क्रोमोजोम हुने हुँदा एउटामा समस्या पर्दा पनि अर्कोले रगत जमाउन आवश्यक तत्व उत्पादन गर्ने भएकाले महिलामा यो समस्या कम देखिने गरेको विज्ञले जनाएका छन् । हेमोफिलिया रगत जम्ने प्रक्रियामा त्रुटी भएको वंशाणुगत समस्या हो ।

सामान्य मानिसको शरीरमा घाउचोट लाग्दा बगेको रगत जमाउने तत्व हुन्छ, जसले सामान्य चोटपटक लाग्दा धेरै रक्तस्राव हुन दिँदैन । रगत जमाउने यो प्रक्रियालाई ‘क्लटिङ फ्याक्टर’ भनिन्छ । तर हेमोफिलियायुक्त व्यक्तिमा भने क्लटिङ फ्याक्टर कम मात्रामा हुन्छ । यसले सामान्य चोटपटकमा पनि लामो समयसम्म रक्तश्राव भइरहन्छ ।

यो रोगको उपचार काठमाडौका केही अस्पतालमा मात्र हुने भएकाले रोगको पहिचान नहुँदै बिरामीहरुको अत्यधिक रक्तश्रावका कारण मृत्यु समेत हुने गरेको छ । सरकारले अपांगताभित्र यस रोगको उपचार निःशुल्क गर्ने भनेको भए पनि अहिलेसम्म औषधी निःशुल्क गर्न सकेको छैन ।

अन्य औषधीको तुलनामा निकै महँगो हुनुका साथै जिवनभर खानुपर्ने हुन्छ । आर्थिक अवस्था कमजोर भएका मानिसहरुले सेवा लिन गाह्रो छ । नेपालमा रहेका बिरामीको उपचार विश्व हेमोफिलिया सोसाइटिले गरेको सहयोगका आधारमा मात्र हुँदै आएकाले बिरामीको संख्या थपिँदै गएपनि औषधि उपचार पर्याप्त छैन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मेडिकल कलेजको ठगी धन्दाः शैक्षिक शुल्कका नाममा ‘मिटर ब्याज’ असुली
Next article सार्वजनिक सवारी साधनका चालक र सहचालकको निःशुल्क स्वास्थ्य परिक्षण

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132857
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

33
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

26
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web