हेल्थ टुडे,
काठमाडौं, ७ बैसाख : नेपालका प्याथोलोजिस्टहरुको छाता संगठन एसोसिएसन अफ क्लिनिकल प्याथोलोजिस्ट नेपालको आयोजनामा राजधानीमा दुई दिवसिय प्याथोलोजिस्टहरुकालागि रगत रोग सम्बन्धि कार्यशाला सम्पन्न भएको छ । कार्यशालामा विदेशी तथा स्वदेशी रगत रोग सम्बन्धि विज्ञहरुले रगत रोग सम्बन्धि र रगत रोगका क्षेत्रमा भएका नविनतम अनुसन्धानका बिषयमा विभिन्न कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यशालामा एकसय २५ भन्दा बढी प्याथोलोजिस्टहरुको सहभागिता थियो । एसोसिएसन अफ क्लिनिकल प्याथोलोजिस्ट नेपालका अध्यक्ष डा. शैलेश प्रधानले प्याथोलोजिस्टहरुको क्षमता अभिवृद्घि गर्नमा कार्यशाला आयोजना गरिएको बताए । कार्यशालामा रगत रोग विशेषज्ञ डा. विशेष पौडेलले रगत रोग सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । एसोसिएसनका महासचिव डा. सुजन शर्माले कार्यशाला सफल भएको बताए । उक्त अवसरमा रोयल कलेज अफ प्याथोलोजिस्ट बिचको सहकार्यको बारेमा जानकारी गराइएको थियो । कार्यशाला सम्पन्न गर्न वेभ ट्रेडिङ कन्सर्नले प्राविधिक र आर्थिक सहयोग गरेको थियो ।
Leave a Reply