• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 1st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

के हो थाइराइड ? कसरी थाहा पाउने ?

May 26th, 2019 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
के हो थाइराइड ? कसरी थाहा पाउने ?

डा.सुनिल पोखरेल
हेल्थ टुडे,
काठमाडौ,जेठः थाइराइड रुद्र घण्टी ठीक तल भएको पुतली आकारको ग्रन्थी हो । थाइराइड ग्रन्थीले थाइराइड हार्मोन उत्पादन गर्दछ, जुन हाम्रो शरीरलाई नभई नहुने चीज हो । थाइराइड हार्मोनले मावनशरीरको प्रत्येक कोषिकालाई काम गर्न ऊर्जा दिन्छ । यसको सबै उमेरका मानिसलाई आवश्यकता पर्छ । थाइराइड ग्रन्थीको रोग मुख्यतया चार प्रकारका हुन्छन्– हाइपोथाइराइडिज्म, हाइपरथाइराइडिज्म, गलगाड र थाइराइड ग्रन्थीको गाँठागुठी, जुन थाइराइड क्यान्सर पनि हुन सक्छ । हाइपोथाइराइडिज्म र हाइपरथाइराइडिज्म रोग ‘छ कि छैन’ भनेर रगतमा थाइराइड हार्मोन जााच गराउँदा थाहा हुन्छ भने गलगाँड वा थाइराइड ग्रन्थीमा गाठागुठी भए नभएको थाहा पाउन चिकित्सकले बिरामीको घाटी छामेर वा थाइराइड ग्रन्थीको भिडियो एक्सरे गरेर थाहा हुन्छ ।

हाइपोथाइराइडिज्म भनेको थाइराइड ग्रन्थीले थाइराइड हार्मोन कम उत्पादन गर्ने रोगलाई भनिन्छ । थाइराइड रोगको ९५ प्रतिशतभन्दा बढी हिस्सा यसले ओगटेको छ । बोलीचालीमा थाइराइड रोग यही हो । गर्भावस्थामा थाइराइड हार्मोन कमी भएमा सुस्त मनस्थितिको बालक जम्मन सक्छ भने बाल्यकालमा यसको कमी भएमा बामपुड्को हुन सक्छ । वयष्क महिला तथा पुरुषमा यसको कमी भएमा शरीर मोटाउँदै जाने, थकाई बढी लाग्ने, बल्ड पे्रसर बढ्ने, रगतमा बोसो बढ्ने, हातखुट्टा दुख्ने, कब्जियत हुने, कपाल झर्ने, छाला सुख्खा हुने डिप्रेसन हुने आदि गराउँछ । महिलामा महिनावारी गड्बढी गराउने, बाँझोपन गराउने र गर्भ तुहिने समस्या देखा पर्छ ।

थाइराइड हार्मोन बन्न आयोडिन आवश्यक पर्दछ र यो खानेकुराबाट प्राप्त हुन्छ । यदि खानेकुरामा आयोडिन कमी वा बढी भएमा हाइपोथाइराइडिज्मको प्रकोप बढ्छ । आयोडिनको मात्रा कमी भएमा थाइराइड ग्रन्थीले थाइराइड हार्मोन उत्पादन गर्न सक्दैन र हाइपोथाइराइडिज्म हुन्छ । यदि खानेकुरामा आयोडिनका मात्रा बढी भएमा पनि यसले थाइराइड ग्रन्थीको अटोइमुनिटी बढाई हाइपोथाइराइडिज्म गराउँछ । तीन दशकअघिसम्म नेपालमा आयोडिन कमीले गलगाड र हाइपोथाइराइडिज्मको प्रकोप थियो । नेपाल सरकारले आयोडिन कमीबाट हुने रोग न्यून गर्न आयोडिनयुक्त नुनको मात्र प्रयोग गर्ने नीति लागू गरेपछि हाल नेपालमा आयोडिन कमीले हुने गलगाड र हाइपोथाइराइडिज्मको प्रकोप उन्मूलन भइसकेको छ ।

अहिले देखिएको हाइपोथाइराइडिज्मको प्रमुख कारण अटोइमुन हो । विदेशमा गरिएको अध्ययनले के देखाएको छ भने आयोडिन कमी भएको ठाउँमा यदि पछि गएर आयोडिनको मात्रा बढी हुन गएमा त्यस ठाउँमा थाइराइड ग्रन्थीको अटोइमुनिटी बढ्न गई हाइपोथाइराइडिज्मका बिरामी संख्यामा वृद्धि हुन्छ । सरकारले भर्खरै गरेको अध्ययनअनुसार अहिले नेपालमा आयोडिनको मात्रा चाहिनेभन्दा बढी भइसकेको छ । हाल नेपालमा हाइपोथाइराइडिज्मका बिरामी बढ्नुमा यो प्रमुख कारण हुन सक्छ । जनमानसमा थाइराइड रोग हुन नदिन वा भइसकेकाले बन्दाकोभी, मुला आदि बार्नुपर्छ भन्ने गलत सोच छ । हाइपोथाइराइडिज्मका कारण थाइराइड ग्रन्थीको अटोइमुनिटी हुनाले बरु खानामा नुनको मात्रा कम गरी शरीरमा आयोडिनको मात्रा नियन्त्रण गर्न सके राम्रो हुन्छ । तर, खानेकुरा बारेर वा योग गरेर यो रोग नियन्त्रण गर्न सकिदैन । अर्को बिरामीले बुझ्नुपर्ने के छ भने हाइपोथाइराइडिज्म भनेको थाइराइड ग्रन्थीले थाइराइड हार्मोन कम उत्पादन गर्ने रोग हो । त्यसैले बिरामीले नियमित जीवनभर औषधि प्रयोग गर्नुपर्छ ।

हामीले प्रयोग गर्ने औषधि केवल थाइराइड हार्मोन हुनाले यसले थाइराइड हार्मोन पूर्ति मात्र गर्दछ । तर, थाइराइड ग्रन्थीको अटोइमुनिटीलाई केही नगर्ने हुनाले हाइपोथाइराइडिज्म भएका बिरामीले नियमित रगतमा थाइराइड हार्मोन जाच गराइ रिपोर्टअनुसार औषधिको मात्रा मिलाउनुपर्छ । यो रोगको जोखिम बालकदेखि ज्येष्ठ नागरिक र गर्भावस्थामा पनि हुनाले रोग शंका लागेमा रगतमा थाइराइड हार्मोनको जाच गराउनुपर्छ । थाइराइड ग्रन्थीले थाइराइड हार्मोन बढी उत्पादन गर्ने रोगलाई हाइपरथाइराइडिज्म भनिन्छ । हाइपरथाइराइडिज्म रोग भएका बिरामीलाई शरीर दुब्लाउदै जाने, रिस बढी उठ्ने, पसिना बढी आउने, मुटुको धड्कन तेज हुने, आँखा बाहिर निस्कने र दिसा बढी लाग्नेजस्ता लक्षण देखिन्छन् ।

हाइपरथाइराइडिज्म रोग हाइपोथाइराइडिज्मको दाँजोमा धेरै कम बिरामीमा देखिन्छ । यो रोग लागेका बिरामीले करिब ढेडदेखि दुई वर्षसम्म नियमित औषधि सेवन गरे ५० प्रतिशत बिरामीमा यो रोग निको हुन्छ भने औषधि सेवनबाट निको नभएका बिरामीमा रेडियो एकिटभ आयोडिन वा थाइराइड ग्रन्थीको शल्यक्रिया गरी उपचार गरिन्छ । जब थाइराइड ग्रन्थीको आकार ठूलो हुन्छ । त्यसलाई नै गलगाड भनिन्छ । थाइराइड हार्मोन बन्न आयोडिन आवश्यक पर्छ । यदि खानामा आयोडिन कमी भएमा थाइराइड ग्रन्थीले धेरै काम गर्नु परेर यो ग्रन्थीको आकार ठूलो भएर गलगाड आउँछ । त्यसैले तीन दशकअघिसम्म नेपालमा करिब आधा जनसंख्यामा गलगाडको प्रकोप थियो । तर, आयोडिनयुक्त नुनको मात्र प्रयोग नीति लागूपछि नेपालमा आयोडिनको कमी उन्मूलन भई हाल गलगाड आएका बिरामी विरलै भेटिन्छन् ।

थाइराइडमा आउने गाठागुठी साधारणतया ९० प्रतिशतभन्दा बढीले स्वास्थ्यलाई केही हानि नगर्ने हुनाले यस्ता गाठागुठीलाई केही नगर्दा पनि हुन्छ । तर, करिब १० प्रतिशत थाइराइड ग्रन्थीको क्यान्सर हुन सक्छ । त्यसैले थाइराइड ग्रन्थीमा गाठागुठी देखिएमा चिकित्सककहाँ गएर क्यान्सर हो कि होइन, छुट्याउनुपर्छ । यदि क्यान्सर हो भने शल्यक्रिया गरी रोग निदान गर्नुपर्छ । थाइराइडमा भएको गाठागुठीको आकार छोटो समयमै बढ्छ । बिरामीको स्वर बस्ने, घाँटीमा खाना निल्न र श्वास फेर्न गाह्रो हुने गराउँछ भने त्यो थाइराइड क्यान्सरको लक्षण हुन सक्छ । त्यसैले सबै बिरामीले आफूलाई कस्तो प्रकारको थाइराइड रोग लागेको हो, सम्बन्धित चिकित्सकसँग राम्रोसँग बुझेर त्यसैअनुसार थाइराइड रोग उपचार गनुपर्दछ किनभने एउटै थाइराइड ग्रन्थीमा फरक– फरक प्रकारका रोग लागेको हुन सक्छ र फरक रोगअनुसार उपचार पद्धति पनि फरक हुन्छ ।(डा.पोखरेल थाइराइड, सुगर र हर्मोन रोग विशेषज्ञ हुन्)

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य परीक्षणका लागि कांग्रस सभापति देउवा सिंगापुर प्रस्थान
Next article आर्थिक सर्वेक्षणः ८ महिनामा ४ लाख ८३ हजार बिरामी अस्पताल भर्ना

Health Today Nepal

Related Posts

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

मधुमेहबाट बच्न सानो थाल

मधुमेहबाट बच्न सानो थाल

Leave a Reply Cancel reply

Timeline
Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133176
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web