• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 14th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

क्षयरोग नियन्त्रण सम्वन्धी सरकारी रणनीति प्रभावहीन, ४५ हजार क्षयरोगका नयाँ बिरामी

June 10th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
क्षयरोग नियन्त्रण सम्वन्धी सरकारी रणनीति प्रभावहीन, ४५ हजार क्षयरोगका नयाँ बिरामी

हेल्थ टुडे,
काठमाडौ,२७ जेठः सरकारले सन् २०३५ भित्र क्षयरोग निवारण गर्ने लक्ष्य लिएपनि क्षयरोगका नयाँ बिरामीको संख्या बढ्दै गएको छ । हाल क्षयरोगका नयाँ बिरामीको संख्या ४५ हजार पुगेको छ । राष्ट्रिय क्षयरोग केन्द्र तथा विश्व स्वास्थ्य संगठनको संयुक्त टोलीले आइतबार सार्वजनिक गरेको प्रारम्भिक मूल्यांकन प्रतिवेदनले यस्तो तथ्य औंल्याएको हो ।

क्षयरोग नियन्त्रण गर्न २२ अर्ब रुपैयाँ खर्च भएको छ । तर, यो नियन्त्रणको साटो थप बढ्दै गएको छ । सन् २००५ मा करिब ४५ हजार बिरामी रहेकामा अहिले यो संख्या ८० हजार पुगेको अनुमान गरिएको छ । नेपालमा यो रोगबाट वार्षिक करिब ७ हजारको मृत्यु हुने गरेको छ । नेपालले विभिन्न अवधिमा अन्तर्राष्ट्रिय स्तरमा क्षयरोग नियन्त्रणमा गरेको प्रतिबद्धता अनुसार कार्यक्रम प्रभावकारी हुन नसक्दा क्षयरोग नियन्त्रण प्रभावकारी हुन सकेको छैन । नेपालमा नयाँ क्षयरोगका बिरामीको संख्या ४५ हजार पुगेको छ ।

आर्थिक वर्ष २०७४÷ ७५ मा ३२ हजार नयाँ क्षयरोगका बिरामी देखिएकोमा हाल ४५ हजार पुगेको एक अध्ययनले देखाएको छ । विज्ञहरुले नेपालमा क्षयरोग उपचारका लागि दक्ष जनशक्तिको अभाव, प्रयोगशालाको अभाव र जनचेतनाको अभावका कारण क्षयरोगका बिरामी बढ्दै गएका जनाएका छन् । विज्ञहरुको टोलीले गरेको अनुगमनमा स्वास्थ्य मन्त्रालयसँग ४६ जिल्लाको मात्रै क्षयरोगको विषयमा विद्युतीय रिपोर्टिङ भएको भेटिएको छ । विज्ञहरुले बर्तमान रणनीति गलत दिशामा गइरहेको भन्दै यही अवस्था जारी राखे सन् २०३५ सम्ममा क्षयरोग उन्मुलन गर्ने सरकारी लक्ष्य पुरा नहुने चेतावनी दिएका छन् ।

नेपालको क्षयरोग सम्वन्धी कार्यक्रमको प्रभावकारिताको अनुगमन तथा मूल्यांकनका गर्न दुई साता देखि जोइन्ट एक्सटर्नल मोनिटरिङ मिसन (जेईएमएम) टोली देशका विभिन्न भागमा पुगेको थियो । सो टोलीले आइतबार सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनले क्षयरोग नियन्त्रण कार्यक्रम गलत दिशातर्फ अघि बढेको देखाएको हो । राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. भिमसिंह तिंकरीले क्षयरोगलाई प्रभावकारी बनाउन थप बजेट आवश्यकता रहेको बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article धरानमा डेंगु संक्रमितको संख्या बढ्नेक्रम जारी, २६ दिनमा ३१४ जना संक्रमित
Next article ११ महिनादेखि सुत्केरी भत्ताबाट बञ्चित

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132856
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

32
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web