• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 7th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

शरीरको रोगप्रतिरोधात्मक क्षमता बढाउन के गर्ने ? यस्ता छन् उपाय…..

June 11th, 2019 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
शरीरको रोगप्रतिरोधात्मक क्षमता बढाउन के गर्ने ? यस्ता छन् उपाय…..

हेल्थ टुडे,
एजेन्सी,जेठः मानिसको शरीरको प्रतिरक्षा प्रणाली (रोगप्रतिरोधात्मक क्षमता) कमजोर भयो भने सामान्यदेखि जटिल रोग अर्थात जुनसुकै रोगले पनि चाँडै आक्रमण गर्छ । यसकारण हामीले आफ्नो प्रतिरक्षा शक्ति बलियो बनाउन अनिवार्य छ । शरिरमा रोग प्रतिरोधात्मक क्षमता बलियो भयो भने शरिरमा हतपत कुनै पनि किटाणुले आक्रमण गर्न सक्दैन । यसकारण शरिरको प्रतिरक्षा शक्ति बलियो बनाउन यी १० प्रकारका खानेकुरा खानुपर्छ ।
१.लसुन
लसुन संसारभरि प्रचलित मसला हो। लसुनमा जिंक तत्व हुन्छ। पहिलेका मानिसले लसुनलाई संक्रमणबाट बच्ने औषधिका रूपमा लिन्थे। यसकारण दैनिक भोजनमा लसुन समावेश गर्दा शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढ्छ।
२.पहेंंला तरकारी तथा फलफूल
पहेंला तरकारी तथा फलफूलमा भिटामिन सी र ए को मात्रा पर्याप्त मात्रामा पाइन्छ। यस्ता खानेकुराले पनि शरीरमा रोगसँग लड्ने प्रतिरक्षा शक्ति बढाउँछन्। आँप, पलम, आरु, खुर्सानी, गाजर, फर्सीजस्ता फलफूल तथा तरकारीमा उक्त भिटामिन पाइन्छन्।
३.रसदार फलफूल
रसदार फलफूलमा प्रशस्त मात्रामा भिटामिन ‘सी’ पाइन्छ। भिटामिन सीले फ्लु तथा चिसोको एलर्जीसँग लड्ने क्षमता बढाउँछ। भिटामिन सी अंगुर, सुन्तला, मौसम, कागती, जुनार, भोगटेजस्ता फलफूलमा पाइन्छ।
४.अदुवा
अदुवाले घाँटीको संक्रमण हटाउन सहयोग गर्छ। साथै शरीर सुन्निएको तथा अन्य विभिन्न रोगमा समेत यसले उत्तिकै फाइदा पु(याउँछ। यसकारण यसको नियमित सेवनले शरीरमा रोगसँग लड्ने क्षमता बढाउँछ।
५.ब्रोकाउली
यो तरकारी भिटामिन र खनिजका लागि उत्तम मानिन्छ। यसका साथै यसमा भिटामनि ए, सी र इ समेत पाइन्छ। यसलाई बढी पकाउनु भने हुँदैन। बढी पकाउँदा भिटामिन नष्ट हुन्छ।
६.पालुंगो
पालुंगाको साग शरीरमा प्रतिरक्षा शक्ति बढाउन अति उपयोगी छ। कारण यसमा भिटामिन ए, सी प्रशस्त मात्रामा पाइनुका साथै ‘एन्टिअक्सिडेन्टल’ तत्व हुन्छ। यी तत्वहरूले शरिरमा प्रतिरक्षा क्षमता वृद्धि गर्न सहयोग गर्छन्।
७.मेवा
मेवामा पाइने भिटामिन सी, बी, फोलेट र पोटासियम जस्ता तत्वले शरीरको प्रतिरक्षा शक्ति बढाउँछन्। साथै पोटासियमले पाचनशक्ति बढाउनुका साथै संक्रमणविरुद्ध काम गर्छ।
८.बदाम
बदाममा भिटामनि सी र ई पाइन्छ। यो शरीरका लागि अत्यन्त पोषक तत्व मानिन्छ। यसका साथै बदाममा पाइने तेलले शरीरलाई झरिलो पार्छ। सुकेका ४६ दाना बदामले सय प्रतिशत भिटामिनको काम पूरा गर्ने मान्यता राखिन्छ।
९.सामुद्रिक खानाहरू
सामुद्रिक खानाहरूमा गंगटो, माछा पर्छन्। गंगटोमा जिंक तत्व हुन्छ। साथै यसमा खनिज र विभिन्न भिटामिन पनि पाइन्छ। जसले हाम्रो शरीरका आवश्यक कोषहरूलाई क्रियाशिल बनाउन मद्दत गर्छन्।
१०.बेसार
बेसारमा यस्तो शक्ति हुन्छ, जसले किटाणु मार्छ। यसका साथै यसमा हुने तत्वले बाथरोगका कारण हुने हड्डी टुक्रिने तथा सुन्निने समस्याबाट बचाउँछ। नियमित खानामा बेसार प्रयोग गर्दा मांशपेसी नष्ट हुन दिँदैन।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ११ महिनादेखि सुत्केरी भत्ताबाट बञ्चित
Next article गैरनाफामुलक बहुउपचार बाल अस्पताल खोल्दै डा.भगवान कोइराला

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132173
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

16
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web