• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 15th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

गैरनाफामुलक बहुउपचार बाल अस्पताल खोल्दै डा.भगवान कोइराला

June 11th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
गैरनाफामुलक बहुउपचार बाल अस्पताल खोल्दै डा.भगवान कोइराला

हेल्थ टुडे,
काठमाडौ,२८ जेठः वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर भगवान कोइरालाले नेपालमा बाल स्वास्थ्य उपचारमा बहुउपचार तथा विशेषताको अस्पताल स्थापना गर्ने भएका छन् । डा. कोइरालाको नेतृत्वमा खुलेको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले बाल अस्पतालको अवधारणा सार्वजनिक गरेको हो ।  जन्मेदेखि १८ वर्षमूनिका बालबालिकाको सबै रोग उपचारका निम्ति गैरनाफामूलक अस्पताल स्थापना गर्न कोइराला नेतृत्वको इन्स्टिच्युट जुटेको छ । लगानी आह्वान नगर्दै अहिले झन्डै एक करोड संकलन भइसकेको डाक्टर कोइरालाले जानकारी दिएका छन् ।

यो अवधारणामा आशातित लगानी संकलन हुन सके सन् २०२२ सम्ममा गुणस्तरीय र बहुविशेषताको बाल अस्पताल सञ्चालन हुने कोइरालाले जानकारी दिए। उनले भनेः‘नेपालमा बहुविशेषताको बाल रोग उपचारमा अस्पताल छैन, भएका अस्पतालमा तमाम उपचार सम्भव भएको छैन, यो अवधारणा कार्यान्वयन गर्नु मेरो चुनौती हो। यसमार्फत बाल उपचारमा क्रान्ति ल्याउनु परेको छ ।’

उनका अनुसार सुरूमा राजधानीमा सय शैयाको अस्पताल निर्माण प्रक्रिया थालिने छ। राजधानीमा अस्पताल सञ्चालनमा आएपछि सातै वटा प्रदेशमा कम्तीमा ५० शैयाको अस्पताल स्थापना गर्ने लक्ष्य राखिएको छ। कूल जनसंख्याको झन्डै ४० प्रतिशत जनसंख्या बालबालिकाको छ। तर, जन्मेदेखि किशोर हुने बेलासम्म बालबालिकाले बहुविशेषताको उपचार पाउन सकेका छैनन् ।

नेपालमा मातृ शिशु मृत्युदरको दर घट्न पनि सकेको छैन। नेपालका अधिकांश बालबालिकामा जन्मेदेखि नै कुनै न कुनै स्वास्थ्य समस्या रहने गरेको चिकित्सकले बताएका छन् । इन्स्टिच्युटमा बुद्ध एयरका अध्यक्ष वीरेन्द्र बस्नेत, उद्योगी भवानी राणा, दीपक सापकोटा, डा.ज्योतिन्द्र शर्मालगायतको सात सदस्यीय समिति छ। यसले विभिन्न व्यक्ति र संस्थासँग अस्पताल सञ्चालनको लागि परामर्श गरिरहेको छ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article शरीरको रोगप्रतिरोधात्मक क्षमता बढाउन के गर्ने ? यस्ता छन् उपाय.....
Next article तातो हावा ‘लु’ ले  तराईका ५० प्रतिसत बासिन्दामा स्वास्थ्य समस्या

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132857
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

33
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

27
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web