• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 30th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

तातो हावा ‘लु’ ले  तराईका ५० प्रतिसत बासिन्दामा स्वास्थ्य समस्या

June 11th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
तातो हावा ‘लु’ ले  तराईका ५० प्रतिसत बासिन्दामा स्वास्थ्य समस्या

हेल्थ टुडे,

काठमाडौं, २८ जेठ :  तराईका ५० प्रतिसत बासिन्दा तातोहावा ‘लु’ का कारण स्वास्थ्य समस्यासँग जुध्ने गरेका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले तराईका जिल्लामा गरेको नेपालमा तातो हावा ‘लु’ र त्यसले स्वास्थ्यमा पार्न सक्ने प्रतिकूल प्रभावको बिषयमा गरेको अध्ययनले यो तत्थ बाहिर ल्याएको हो । परिषद्ले नेपालमा तापक्रम बढ्ने प्रवृति, बढ्दो तापक्रमले व्यक्तिमा पारेको प्रभाव र बढ्दो तापक्रमको प्रभावबाट बच्न संस्थागत रणनीति गरि मुख्य गरि ३ वटा बिषयमा केन्द्रित रहेर अध्ययन गरेको थियो ।

अध्ययनका क्रममा परिषद्ले देश भरिका ३३ वटा स्टेसनबाट सन् १९८७ देखिको जानकारीलाई विश्लेषण गर्दा पछिल्ला वर्षमा तराईका जिल्लाहरुमा गर्मी बढ्दै गइरहेको पाइएको छ । तातो हावा ‘लु’ चल्ने तराईका मुख्य तिन जिल्लाका ३१८ जना सहभागीमा गरिएको अध्ययन अनुसार तातो हावाले तराईका ५० प्रतिसत बासिन्दामा कुनै न कुनै किसिमको स्वास्थ्य समस्या समस्या देखिएको पाइएको परिषद्को अध्ययनले देखाएको छ । अत्यधिक गर्मीका कारण अधिकांशमा छाला सम्बन्धी समस्या पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी अध्यक्ष प्रा. डा. अञ्जनीकुमार झाले तातो हावाका कारण स्वास्थ्य समस्या बढ्दै गइरहेको अध्ययनले देखाए पनि अध्ययनमा सहभागी मध्ये ३० प्रतिसतले बढ्दो तापक्रमबाट बच्न कुनै पनि बचावटका साधन प्रयोग गर्ने नगरेको पाइएको बताए । बढ्दो तापक्रमका कारण तराईका बासिन्दा बढी प्रभावित भइरहेकाले तराईमा यो अध्ययन गरिएको डा. झाले बताए । तातो हावा र यसका असरबारे बच्न तराईमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु पर्ने र व्यक्तिगत र संस्थागत पहल हुनु पनि आवश्यक रहेको अध्ययनले औल्याएको छ । तराईका जिल्लाहरुमा जेठ, असार र साउनमा तापक्रम ४५ डिग्रीसम्म पुग्ने गरेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article गैरनाफामुलक बहुउपचार बाल अस्पताल खोल्दै डा.भगवान कोइराला
Next article धरानमा फैलिएको डेङ्गु नियन्त्रण हुन सकेन, एकैदिन थपिए ८९ जना नयाँ बिरामी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

Jun 27th 3:11 AM
समाचार

स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

Jun 23rd 5:02 PM
समाचार

वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल

Jun 23rd 4:55 PM
समाचार

सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार गोराखपत्रका स्वास्थ्य पत्रकार ढुङ्गेललाई

Jun 18th 10:46 AM
समाचार

राष्ट्रपति पौडेलद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण

Jun 17th 4:41 PM
समाचार

नेपालमा विश्व जनसंख्याको अवस्था प्रतिवेदन सार्वजनिक

Jun 12th 8:41 AM
समाचार

सुर्ती उद्योगको प्रभावमा परेर सुर्तीजन्य पदार्थमा बृद्धि भएन करको दर

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131636
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

17
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web