• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

लिचीः मुटुको समस्या, मधुमेह, मृगौला र क्यान्सर रोगविरुद्ध प्रभावकारी

June 12th, 2019 समाचार, स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
लिचीः मुटुको समस्या, मधुमेह, मृगौला र क्यान्सर रोगविरुद्ध प्रभावकारी

हेल्थ टुडे,
काठमाडौ,जेठः
मीठो स्वादसँगै उच्च पोषक तत्त्वयुक्त लिची शरिरको लागि निकै फाइदाजनक छ । यो मूलतः चीनबाट आएको फल हो । यो फललाई २००० ईशापूर्वदेखि नै चीनमा खाँदै आइएको हो । चीन हुँदै यो फल भारत, नेपाल, थाइल्यान्ड, भियतनाम, बंगलादेश, फिलिपिन्स, इन्डोनेसिया, अस्ट्रेलिया, मरिसस, अमेरिका, इजरायल, र मेडागासकर मुलुकमा पनि पुगिसकेको छ ।
भारतको विहारस्थित भारतीय कृषि अनुसन्धान परिषद्, राष्ट्रिय लिची अनुसन्धान केन्द्रका अनुसार यसमा सुक्रोज, फ्रुक्टोज र ग्लुकोज गरी तीनै प्रकारका चिनी पाइन्छ । लिचीको फलमा करिब ६० प्रतिशत जुस, ८ प्रतिशत र्‍याग, १९ प्रतिशत बीउ र १३ प्रतिशत बोक्रा हुन्छ । यसमा भिटामिन सी, पोटेसियम र प्राकृतिक चिनी पाइन्छ । लिचीमा चिनी १०–२२ प्रतिशत, प्रोटिन ०.७ प्रतिशत, बोसो ०.३ प्रतिशतलगायत धेरैजसो भिटामिन जस्तै सी, ए, बी १, बी २ प्रशस्त पाइन्छ ।
केन्द्रको तथ्यपत्रअनुसार लिचीमा थुप्रै रोगको प्रतिरक्षात्मक क्षमता देखिएको छ । यसमा एथोसायनिन, फिनोलिक्सजस्तो जैव सक्रिय यौगिक पाइन्छ । जसले लिचीको फल मुटु रोग, मधुमेह, मृगौला रोग, क्यान्सरसँग लड्नमा प्रतिरोधीक्षमता दिन्छ । लिचीले क्यान्सरपीडित कोषिकाको विकासमा अवरोध उत्पन्न गर्छ ।
पाचनतन्त्र र रक्तसञ्चारलाई राम्रो पार्ने लिचीको १०० ग्राम गुदीमा करिबव ७० मिलिग्राम भिटामिन सी हुन्छ । जो हाम्रो स्वास्थ्यका लागि अत्यन्त आवश्यक हुन्छ । लिचीमा पाइने भिटामिन सीले हाम्रो दैनिक आवश्यकताको करिब ७० प्रतिशत पूरा गर्छ । यसमा बोसो र सोडियम नाम मात्रको हुन्छ । यसले एनिमिया रोगको लक्षणमा समेत सुधार ल्याउँछ । लिचीको उपयोग पारम्परिक चिनियाँ र भारतीय चिकित्सा प्रणालीमा थुप्रै रोगसँग लड्नमा गरिन्छ ।
लिचीमा कार्बोहाइड्रेट, भिटामिन ए र बी कम्प्लेक्स, भिटामिन सी, क्याल्सियम, पोटासियम, म्याग्नेसियम, आइरन, फस्फोरसजस्ता खनिज लवण पाइन्छ । यसमा बिटा क्यारोटिन, राइबोफलेबिन, नियासिन, फोलेट आदि धेरै बढी मात्रामा पाइन्छ । यसको भिटामिनले रातो रक्तकणिकाको निर्माण गर्छ ।
यसले बिटा क्यारोटिनलाई कलेजो र अन्य अंगमा संग्रहित गर्न सघाउँछ । यसमा भएको बिटा क्यारोटिन र ओलिगोनोलले मुटुलाई स्वस्थ राख्न सहयोगी हुन्छ । यसमा बढी मात्रामा भएको पोटासियम र सोडियमले गर्दा नशामा रगतको सञ्चार सही रहन्छ र रक्तचाप नियन्त्रित हुन्छ ।
फोलेटले शरीरमा कोलेस्ट्रोलको स्तरलाई नियन्त्रित राख्छ । यसले हाम्रो स्नायु प्रणाली स्वस्थ रहन्छ । यो कपालको स्वास्थ्यका लागि समेत राम्रो मानिन्छ । यसमा कपर हुन्छ । यसले हेयर फलिकल्सलाई उत्तेजित पार्छ र कपाल बढ्नमा सघाउँछ । यसमा भएको भिटामिन सी र प्रोटिनले कपालमा चमक ल्याउँछ ।
यो एउटा राम्रो एन्टिअक्सिडेन्टसमेत हो । यसमा भएको भिटामिन सी शरीरमा रक्तकोषिकाको निर्माण र फलामको अवशोषणमा समेत सघाउँछ । यो प्रतिरोधी प्रणालीलाई कायम राख्न आवश्यक मानिन्छ । यसको सेवनले पाचनप्रक्रियामा सहयोग पुग्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article विराटनगरमा पनि देखियो डेंगुको संक्रमण,२ जनामा संक्रमण भएको पुष्टि
Next article धरानमा फैलिएको डेङ्गु नियन्त्रण हुन सकेन, एकैदिन थपिए ८९ जना नयाँ बिरामी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134422
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

33
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web