• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 15th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डेंगुको संक्रमणबाट पूर्वका तीन जिल्ला प्रभावित, नियन्त्रण गर्न प्रदेश सरकारको एकहप्ते कार्ययोजना

June 13th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डेंगुको संक्रमणबाट पूर्वका तीन जिल्ला प्रभावित, नियन्त्रण गर्न प्रदेश सरकारको एकहप्ते कार्ययोजना

हेल्थ टुडे,

विराटनगर,३० जेठः सुनसरीको धरान उपमहानगरपालिकाबाट सुरु भएको डेंगु संक्रमण अन्य तीन जिल्लामा पनि फैलिएको छ । सुनसरीमा मात्र संक्रमितको संख्या ५ सय नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले सुनसरीमा मात्रै संक्रमितको संख्या ५४८ पुगेको छ । कार्यालयले दिएको जानकारी अनुसार धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४७४, बिजयपुर अस्पतालमा ७९, एपेक्स अस्पताल इटहरीमा १ र इटहरी अस्पतालमा ३ जना विरामीको उपचार भइरहेको छ ।

३१ वैशाखमा धरानमा डेंगुका बिरामी भेटिएको थियो । सुनसरीपछि मोरङ र झापामा विरामी भेटिएका छन् । मोरङमा ९ जना र झापामा २ जनामा डेंगुको संक्रमण देखिएको छ । मोरङको उर्लाबारी नगरपालिका, केरावारी गाउँपालिका, बेलवारी नगरपालिकामा १–१ जनामा डेंगुको संक्रमण देखिएको छ । यस्तै, सुन्दरहरैचा नगरपालिकामा ४ र विराटनगर महानगरपालिकामा २ जनामा देखिएको जिल्ला स्वास्थ्य कार्यालय मोरङले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय मोरङले सबै स्थानीय तहले स्फ्रेको काम सुरु गरेका छन् ।

यसैबीच, डेंगुको संक्रमण फैलिएपछि प्रदेश सरकारले नियन्त्रणका लागि एक हप्ते कार्ययोजना बनाएर अघि बढ्ने निर्णय गरेको छ । बुधवार मुख्ययमन्त्री कार्यालयमा भएको सर्बपक्षीय छलफलपछि प्रदेश सरकारले एक साताको कार्ययोजना बनाएर काम अघि बढाउने निर्णय गरेको हो ।

एक हप्ताभित्र एक हदसम्म डेंगु नियन्त्रणमा आउने प्रदेश सरकारको दावी छ । बैठकले मेची अस्पताल झापा, कोशी अस्पताल विराटनगर र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डेंगुको उपचारका लागि व्यवस्था गरिने निर्णय गरेको छ ।  बैठकले निजी अस्पतालहरुलाई पनि आवश्यक प्रबन्ध मिलाउन निर्देशन दिएको छ । प्रदेश सरकारले डेंगुको संक्रमण देखिएका जिल्लाहरुका प्रमुख जिल्ला अधिकारीलाई नियन्त्रणमा भएका कामबारे दैनिक रिपोर्टिङ गर्न निर्देशन समेत दिएको छ ।

यता, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दैनिक ३० जना हाराहारी विरामी उपचार गर्न अस्पतालमा बस्ने गरेका छन् । अस्पताल प्रशासनका अनुसार बुधबारसम्म डेंगुको शंका लागेर १५७४ विरामी अस्पतालमा आएका थिए । उनीहरु मध्ये ४७४ जनामा डेंगुको संक्रमण पाइएको छ ।

डेंगुको शंका लागेर उपचारका लागि आउने विरामीको संख्या दैनिक रुपमा बढिरहेको अस्पतालले जनाएको छ । सुनसरीको धरानमा डेंगुको संक्रमण देखिएको एक महिना पुरा भएको छ । यो अवधीमा स्थानीय सरकार र प्रदेश सरकरले नियन्त्रणका लागि निरन्तर प्रयास गरेपनि नियन्त्रण हुनुको सट्टा झन् बढिरहेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article विराटनगरमा पनि देखियो डेंगुको संक्रमण,२ जनामा संक्रमण भएको पुष्टि
Next article आयुर्वेदका १२ जना विशेषज्ञ डाक्टरलाई पुल दरबन्दीमा राख्न माग

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132857
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

33
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

27
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web