हेल्थ टुडे,
काठमाडौं : खाद्य तथा गुण नियन्त्रण विभागको महानिर्देशकमा डा. मतीना बैद्य नियुक्त भएकी छन् । डा. बैद्य यो भन्दा पहिले विभागमा उपमहानिर्देशकको रुपमा कार्यरत थिइन । विभागका महानिर्देशक संजिव कर्ण मोवाइल भ्यान खरिद प्रकरणमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारवाही अगाडि बढाएपछि निलम्बनमा परेका छन् । कर्ण अनियमितता आरोपमा निलम्बन परेपछि डा. बैद्यलाई विभागको महानिर्देशक बनाइएको हो । विभागलाई खाद्य सम्बन्धी सम्पूर्ण बस्तुहरुको गुणस्तर मापन र नियमन गर्ने अधिकार छ । फूड सप्लिमेन्ट्सको नियमन गर्ने अधिकार पनि सरकारले विभागलाई नै सुम्पेको छ । महानिर्देशक नियुक्त भएपछि फेनकेन लगायत सरोकारवाला निकायले डा. बैद्यलाई बधाई दिदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
Leave a Reply