हेल्थ टुडे,
काठमाडौ,१२ साउनः प्रधानमन्त्री केपीशर्मा ओलीको स्वास्थ्य परीक्षण गरिएको छ । छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण गरिएको हो । त्रिवि शिक्षण अस्पतालमा कुनै पनि कोठा खाली नभएपछि उनलाई सैनिक अस्पताल लगिएको प्रधानमन्त्री ओलीको निजी सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीकी निजी चिकित्सक एवं त्रिवि शिक्षण अस्पतालकी वरिष्ठ मिर्गौला प्रत्यारोपण विशेषज्ञ प्राडा. दिव्यासिंह शाहले भनिन्ः‘‘प्रधानमन्त्रीज्यूको नियमित स्वास्थ्य परीक्षण मात्रै गरिएको हो, ‘उहाँको रगत, दिसापिसाबलगायत पेटको अल्ट्रासाउन्ड गरिएको छ ।’
निजी चिकित्सक शाहले शिक्षण अस्पतालबाट पनि चिकित्सक परीक्षणका लागि सैनिक अस्पताल गएको जानकारी दिइन् । शाहका अनुसार अन्य रिपोर्टबाट प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य देखिएको र एउटा परीक्षणको रिपोर्ट आउन बाँकी रहेको छ ।
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा कुनै समस्या नदेखिएको र उनी नियमित काममा व्यस्त रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
Leave a Reply