हेल्थ टुडे,
संखुवासभा,२४ साउनः संखुवासभा जिल्लाको पाँचखपन नगरपालिका–४ होक्सेमा दूषित पानीका कारण झाडापखाला फैलिएको छ । झाडापखालाबाट हालसम्म २८ जना बिरामी परेका छन् । झाडापखालाले महामारीको रुप लिएको छ ।
गएको आइतबारदेखि होक्से माझगाउँमा झाडापखाला सुरु भएको स्थानीयले जनाएका छन् । झाडापखालाबाट अहिले सम्म ९ जना पुरुष, १६ जना महिला र ३ जना बालबालिका बिरामी परेका छन् । बिरामी सबैले एउटै मुहानको पानी खाँदै आएका स्थानीयले बताएका छन् ।
गाउँमा माहामारीकै रूपमा झाडापखाला फैलिएपछि पाँचखपन नगरपालिकाले प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली खटाएको छ । नगरपालिकाको स्वास्थ्य शाखा र लिङलिङ स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीको टोलीले घर–घरमा गएर बिरामीको उपचार सुरु गरेका छन् ।
Leave a Reply