हेल्थ टुडे,
हेटौडा,२५ साउनः मकवानपुरमा दुई हप्ताको अन्तरमा ८३ जनालाई डेङ्गु सङ्क्रमण भएपछि हेटौँडा उपमहानगरपालिकाले नियन्त्रणको लागि‘खोज र नष्ट गर’ अभियान सुरु गरेको छ । यसअघि खासै समस्या नदेखिए पनि यो वर्ष दैनिक १० देखि १५ जना डेङ्गु सङ्क्रमित देखिन थालेपछि अभियानको थालनी गरिएको हो ।
उपमहानगरले सबै वडामा डेङ्गु सङ्क्रमणलाई सार्न सक्ने लामखुट्टेको सम्भावित बासस्थानको खोजी गरी नस्ट पार्ने काम गरिएको उपमहानगरपालिकाका जनस्वास्थ शाखाले जनाएको छ । कमजोर प्रतिरक्षा प्रणाली भएका बालबालिका, वृद्धवृद्धा, गर्भवती तथा सुत्केरी एवं दीर्घ रोघ लागेका बिरामीलाई डेङ्गु सङ्क्रमण भए आराम र पौष्टिक आहार प्राप्त नभए ज्यानसमेत जानसक्ने शाखाले जनाएको छ ।
यही साउन १० गते पहिलो डेङ्गु सङ्क्रमित बिरामी भेटिएका र हेटौँडामा बिहीबारसम्म मात्र ८३ जना बिरामी पुगेका स्वास्थ्य शाखाले जनाएको छ ।
Leave a Reply