• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 18th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

अनियमितता भएको गुनासो बढेपछि क्यान्सर अस्पताल व्यवस्थापन समिति खारेज

August 17th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
अनियमितता भएको गुनासो बढेपछि क्यान्सर अस्पताल व्यवस्थापन समिति खारेज

हेल्थ टुडे,
भक्तपुर,३२ साउनः भक्तपुर क्यान्सर अस्पतालमा व्यापक अनियमितता भएको गुनासो बढेपछि भक्तपुर नगरपालिकाले भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समिति खारेज गरेको छ । साथै,नगरपालिकाले नयाँ व्यवस्थापन समिति समेत गठन गरेको छ । नेपाल अबुद्र्ध रोग निवारण संस्थाका नाममा अस्पताल सञ्चालन गरी वर्षौंदेखि अध्यक्ष लोकेन्द्रबहादुर श्रेष्ठ र महासचिव विमलकुमार होडाको मिलेमतोमा अनियमितता भएको गुनासो बढेपछि नगरपालिकाले पुरानो समिति खारेज गरी नयाँ समिति गठन गरेको जनाएको छ ।

नगरपालिकाले नगरप्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर जिल्ला क्षेत्र नं १ का सङ्घीय सांसद प्रेम सुवाल र प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईं सल्लाहकार तथा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, वडाध्यक्ष रवीन्द्र ज्याख्व, उकेश कवां र श्यामकृष्ण खत्री सदस्य रहेको समिति गठन गरेको हो । अस्पतालका मेडिकल डाइरेक्टर सदस्य सचिव रहने गरी गठन गरिएको समितिमा नेपाल अर्बुद्ध रोग निवारण संस्था, भक्तपुर शाखाका अध्यक्ष, भक्तपुर क्यान्सर अस्पताल सहयोग समितिका अध्यक्ष र सोही समितिका महिला सदस्य र कर्मचारी कल्याणकारी समितिका प्रतिनिधि पनि सदस्य रहेका छन् । समितिमा महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षकलाई आमन्त्रित सदस्यका रुपमा चयन गरिएको नगरप्रमुख प्रजापतिले जानकारी दिए ।

लोकेन्द्रबहादुर श्रेष्ठ अध्यक्ष रहेको व्यवस्थापन समितिका पदाधिकारीबाट नै आर्थिक अनियमितता र भ्रष्टाचार भएको सञ्चारमाध्यम, कर्मचारी र स्थानीय बासिन्दाबाट व्यापक गुनासो आएको र त्यसविरुद्ध स्थानीय जनता तथा अस्पतालका चिकित्सक एवं कर्मचारीबाट सङ्घर्ष भइरहेको जानकारी पाएपछि अस्पताललाई जोगाउन नयाँ समिति गठन गरिएको दावी गरिएको छ । स्थानीय जनताप्रति उत्तरदायी रही बिरामीलाई कम शुल्कमा स्तरीय उपचार गर्नुपर्नेमा व्यवस्थापन समितिमा रहेका केही व्यक्तिले व्यक्तिगत स्वार्थ पूरा गर्न भ्रष्टाचार गरेको र यस विषयमा नगरपालिकाका जनप्रतिनिधिले पटकपटक व्यवस्थापन समितिका पदाधिकारीसँग सम्पर्क गर्न खोज्दा पनि सम्पर्कमा नआएपछि अस्पतालको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राखी नगर कार्यपालिकाले नयाँ व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको नगरप्रमुख प्रजापतिको जिकिर छ ।

अस्पतालका अध्यक्ष श्रेष्ठ र महासचिव होडाले फार्मेसीदेखि ल्याबसम्म भाडामा दिएर कमिसन लिँदै आएको, विभिन्न सामान खरीदमा घोटाला गरेको, दाताले दिएको रकमको दुरुपयोग गरेको, अध्यक्षले अस्पतालको गाडी दुरुपयोग गरी बागबजारमा रहेको आफ्नो होटलमा समेत प्रयोग गरेको, अस्पतालभित्र व्यापक भ्रष्टाचार गरेको आरोप लाग्दै आएको छ । क्यान्सर अस्पताल निर्माणका लागि नगरपालिकाको तर्फबाट ११ रोपनी जग्गा प्रदान गरिएको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई अन्तराष्ट्रियस्तरको बनाइने स्वास्थ्यमन्त्री यादवको आश्वासन
Next article स्वास्थ्य सेवाका कर्मचारी समायोजनको असरः सुदुरपश्चिम प्रदेश डाक्टरविहिन हुने अवस्था

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134104
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

136
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

140
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web