• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 27th, 2021
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

June 29th, 2016 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest

हेल्थ टुडे
स्वास्थ्य राज्य मन्त्री मोहम्मत मुस्ताक आलम स्वास्थ्य राज्य मन्त्री मात्र होइनन् । उनी ए क्लासको ठेकेदार पनि रहेछन । यो कुरा उनले बुधबार राजधानीमा आयोजित समारोहमा सार्वजनिक गरेका हुन ।
राष्ट्रिय एचआईभी महासंघले आयोजना गरेको शरण क्षेत्री पुरस्कार बितरण कार्यक्रममा प्रमुख अतिथि रहेका राज्य मन्त्री आलमले मन्त्रालयमा मन्त्री पछि आफू दोश्रो स्थानको राज्यमन्त्री भए पनि ठेकेदारमा भने आफु ए क्लासको ठेकेदार भएकाले कम्ति आक्न नहुने बताएका हुन । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट रौतहटबाट निर्वाचित आलमले सबै अधिकार मन्त्रीसँग भएकाले आफुले चाहेको जति स्वास्थ्यमा काम गर्न नसकेको गुनासो गरेका छन । स्वास्थ्य मन्त्री रामजनम चौधरीलाई दूधको चियासंग तुलना गर्दै उनले भने, ‘मन्त्री दूध हालेको चिया जस्तै हो । राज्यमन्त्री त रातो चिया । रातो चिया मन पराउने कमै हुन्छन ।’
पढाई लेखाईमा कमजोर भएपनि राजनीतिक घरानाको व्यक्ति भएकाले राजनीतिको नसा नसा थाहा भएको दाबी गर्दै आफ्नो हजरबुबाले मातृकाप्रसाद कोइराला र गिरिजाप्रसाद कोइरालाको मन्त्री मण्डलमा मन्त्री हुने सौभाग्य पाए पनि आफुले भने दुभाग्यवस केपी ओलीको सरकारमा राज्यमन्त्री हुनु परेकोमा दुखेसो गरे । उनले भने, ‘ मेरो भाग्यमा कोइराला थिएन । केपी ओली परे भाग्यमा । ’ स्वास्थ्य मन्त्रालयको सचिवबाट शान्तबहादुर श्रेष्ठलाई हटाउन हम्मे हम्मे भएको बताउदे आलमले त्यसपछि बरिष्ठ चिकित्सकहरु बिच को सचिव हुने भन्ने बिषयमा हानथाप हुनु दुर्भाग्य भएको बताए ।
कार्यक्रममा एचआईभी एड्सका क्षेत्रमा योगदान गरेको भन्दै वीर अस्पतालका डा. शुशिल शाक्य र एड्स अधिकारकर्मि राजिव काफ्लेलाई शरण क्षेत्री पुरस्कार प्रदान गरिएको थियो । त्यसैगरि पाँच वटा विकास क्षेत्रबाट एचआईभी र एड्सका क्षेत्रका उत्कृष्ठ कार्य गरेकोमा पुर्वाञ्चलबाट प्रयास महिला समूह इटहरी, मध्यमाञ्चलबाट शक्ति मिलन समाज, काठमाडौ, पश्चिमाञ्चलबाट हाम्रो जिवन प्लस गुल्मी, मध्यपश्चिमाञ्चलबाट जुनकिरी महिला समूह बाके र सुदूरपश्चिमबाट गोदावरी प्लस कैलालीलाई सम्मान गरिएको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article पक्राउ परिने डरले सयौं डाक्टर गायव
Next article डा. शशांकको स्वास्थ्य अवस्था स्थिर

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

Leave a Reply Cancel reply

Timeline
Feb 27th 7:51 AM
समाचार

कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्यमा सामान्य सुधार, शरीरको दाहिने भाग चल्न थालेको डा. झाको भनाई

Feb 21st 10:49 AM
समाचार

भारतबाट किनेको १० लाख डोज कोभिड १९ विरुद्धको खोप आइपुग्यो,पालैपालो सबैलाई खोप

Feb 17th 11:42 AM
समाचार

डाक्टरको फि बढ्यो, कस्को कति ?

Feb 14th 1:22 AM
समाचार

बाग्मती प्रदेशले क्यान्सर विरामीलाई थप ५० हजार उपचार खर्च दिने

Feb 14th 1:13 AM
समाचार

ताप्लेजुङबाहेक प्रदेश १ का १३ जिल्लामा लागु भयो स्वास्थ्य विमा, विमा गराउनेको संख्या ११ लाख

Feb 10th 7:50 AM
समाचार

कोरोना चीनको प्रयोगशालाबाट फैलिएको देखिएन : डब्लूएचओ’

Jan 30th 2:30 PM
समाचार

देउराली जनताको ३० औं बार्षिकोत्सव

Jan 27th 9:23 AM
समाचार

कोरोनाविरुद्धको खोप अभियान सुरु

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1022
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

11
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

8
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

14
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2020. All rights reserved.
Designed & Developed By : Nepsol Web