• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 9th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

रुट क्यानलमा अब्बल जोडी

March 4th, 2017 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
रुट क्यानलमा अब्बल जोडी

डा.सुमन गौतम र डा.आशा थापा परिचित दन्त रोग विशेषज्ञमात्र नभएर असल दम्पती हुन् । डा.सुमन नेपाल मेडिकल कलेज जोरपाटीमा आबद्घ छन् भने आशा वीर अस्पतालको डेन्टल विभागमा । डा.सुमनले धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पहिलो ब्याचमा र डा. आशाले मणिपाल कलेज अफ डेन्टल साईन्सेस, मणिपालबाट बीडीएस (ब्याचलर्स अफ डेन्टल सर्जरी) उत्तीर्ण गरेकी हुन् । बीडीएसपछि केही वर्ष काम गरे दुवैले । काठमाडौं विश्वविद्यालयबाट विशेषज्ञता अर्थात एमडीएस (मास्टर्स इन् डेन्टल सर्जरी) गर्ने बेला दुवैबीच आपसमा चिनजान भयो । पछि दुवैका परिवारको सहमतिमा विवाहबन्धनमा बाँधिए । मास्टर्स पढ्दापढ्दै झांगिएको प्रेम पढाइ सकेपछि सन् २०११ मा विवाह भयो । अहिले उनीहरूको एक छोरा छ ।
डा.सुमनले न ेपाल मेडिकल कलेजबाट र डा.आशाले वीर अस्पतालबाट बचेको समय पाटन अस्पताल अगाडि रहेको ललितपुर मलको चौथौ तलामा रहेको रुट क्यानल सेन्टरमा उपचार गर्छन् । पढाइ सकेर काम सुरु गरेदेखि नै दाँतको उपचारमा नयाँ प्रविधि भित्र्याउनुपर्छ भन्ने दुवैलाई लागेको थियो । दुवैले सल्लाह गरे, परम्परागत विधिभन्दा आधुनिक विधिमार्फत किन सेवा नदिने ? तर त्यो प्रविधिमा केही कठिनाइ र चुनौती दुवै थिए । तर यो जोडी चुनौती र कठिनाइ दुवै मोल्न तयार भयो । दुवैले चुनौतीको सामना गरौं भन्ने सल्लाह भएपछि उनीहरूले माइक्रोस्कोपमार्फत उपचार गर्ने प्रविधि ‘डेन्टल अपरेटिङ माइक्रोस्कोप’ एक वर्ष अगाडि मात्र भित्र्याएका हुन् । यो प्रविधि नेपालमा आफूहरूले पहिलो पटक नेपाल भित्र्याएको उनीहरूको दाबी छ । नयाँ प्रविधिका विषयमा धेरैजना जानकार छैनन् । त्यसैले अहिले पनि धेरैजसो परम्परागत विधिमार्फत नै रुट क्यानल भइरहेको डा. आशा बताउँछिन् ।
उनी भन्छिन्, ‘डेन्टल अपरेटिङ माइक्रोस्कोप हामीले हाम्रो सुविधाका लागि मात्र ल्याएका होइनौं । बिरामीले विश्वसनीय, अन्तर्राष्टिय स्तरको सेवा नेपालमै पाउनुपर्छ भन्ने अभिप्रायले चुनौती मोलेर यो प्रविधि ल्याएका हौं । यो कुरा सबैले बुझिदिनु प¥यो ।’
दन्त चिकित्सकको भीडमा डा.सुमन र डा.आशा दम्पती केही पृथक् छन् । दुवैजना आफ्नो विज्ञता भन्दा बाहिर गएर उपचार गर्दैनन् । डा.आशा भन्छिन्, “बिरामीको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो । नेपालमै स्तरीय र आधुनिक प्रविधिमार्फत सेवा दिन पाएकामा गर्व लाग्छ । ’
आफ्नो पेसाबाट दुवैजना सन्तुष्ट रहेको बताउँछन् । डा. सुमन भन्छन्, ‘आफूले विज्ञता हासिल गरेको विषयमा निखार ल्याउँदै नयाँ प्रविधिमा जोड दिनुपर्छ । सबै मिलेर नेपालको दन्त सेवालाई माथि उठाउनुपर्छ ।’
हेल्थ टुडे

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article अब माइक्रोस्कोपबाट दाँतको उपचार
Next article ख्यालख्यालमै बसेको पिरती

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

Oct 27th 5:20 AM
समाचार

डा. शर्मा स्वास्थ्य मन्त्रीमा नियुक्त

Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132101
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

13
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web