• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 19th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

अंग प्रत्यारोपण गराएकासँग हारे डाक्टर

April 14th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
अंग प्रत्यारोपण गराएकासँग हारे  डाक्टर

 

हेल्थ टुडे

अंग प्रत्यारोपण गरिएका व्यक्तिहरु र तिनको अंग प्रत्यारोपण गर्नमा संलग्न चिकित्सक टीम बिच भएको मैत्रीपूर्ण फुटवल प्रतियोगितामा प्रत्यारोपण गराएकाहरुको टीमले चिकित्सकहरुको टीमलाई सून्यका विरुद्घ १ गोलले जित हासिल गरेका छन् ।

नयाँ वर्षको अवसरमा मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर र आरोग्य प्रतिष्ठानले लगनखेलमा शुक्रबार आयोजना गरेको आठौं नेपाल प्रत्यारोपण खेलकुलमा प्रत्यारोपीत समूहले बिजय हासिल गरेको हो । प्रतियोगितामा अंग प्रत्यारोपीत समूहमा मिर्गौला र कलेजो प्रत्यारोपण गराएका व्यक्तिहरु सहभागी थिए भने चिकित्सकको समूहमा प्रत्यारोपण विशेषज्ञ, नेफ्रोलोजिस्ट र प्रत्यारोपण सर्जन सहभागी थिए ।  अंग प्रत्यारापितहरु  सक्षम र उत्पादनशील जीवन यापन गर्न योग्य छन् भन्ने सन्देश दिन र अंगदाताहरुको मनोबल उच्च राख्न यो प्रतियोगिता विगत ८ बर्षदेखि आयोजना गरिदैं आएको मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले बताए । यस किसिमको प्रतियोगिताले सकारात्मक सन्देश प्रवाह गरेको उनले बताए । फुटवलका अलावा प्रतियोगितामा दौड र व्याटमिन्टनको समेत अन्तिम प्रतिस्पर्धा गराइएको थियो ।

अंग प्रत्यारोपितहरुको पुरुषतर्फ १०० मिटर, २०० मिटर र ४०० मिटर दौड, महिलातर्फ १०० मिटर र २०० मिटर दौड तथा ब्याडमिन्टन प्रतियोगिता गराइएको छ । पुरुष १०० मिटर दौड तर्फ बिष्णुलाल श्रेष्ठ प्रथम, हरिबहादुर तामाङ्ग दोश्रो र रुलबहादुर आले तेश्रो भएका थिए । त्यसैगरि पुरुष २०० मिटर दौड तर्फ बिष्णु लाल श्रेष्ठ प्रथम, प्रेमरत्न मानन्धर दोश्रो तथा स्वजन मानन्धर तेश्रो भएका थिए । त्यसै गरि पुरुष ४०० मिटर दौडतर्फ प्रेमरत्न मानन्धर प्रथम, हरिबहादुर तामाङ्ग दोश्रो र रुलबहादुर आले तेश्रो भएका थिए ।

महिला १०० मिटर दौड तर्फ गीता श्रेष्ठ प्रथम, तुलसा भट्टराई दोश्रो र सानुशोभा शाक्य तेश्रो भएका थिए । त्यसै गरि महिला २०० मिटर दौड तर्फ गीताश्रेष्ठ प्रथम, तुलसा भट्टराई दोश्रो र सानुशोभा शाक्य तेश्रो भएका थिए । ब्याडमिन्टन तर्फ पुरुष भेटरान (४५ बर्ष भन्दामाथि) को समुहमा प्रेमरत्न मानन्धर प्रथम, बिष्णुलाल श्रेष्ठ दोश्रो र राजेश्वर कायस्थ तेश्रो भएका थिए । त्यसै गरी पुरुष ४५ बर्षभन्दा मुनिको उमेर समुहमा हरिबहादुर तामाङ्ग प्रथम, राजकुमार लिम्बु दोश्रो तथा रुद्रबहादुर बिक तेश्रो भएको थिए ।

महिला ब्याडमिन्टनतर्फ लिला गुरुङ्ग प्रथम, लक्ष्मी महर्जन दोश्रो तथा गीता श्रेष्ठ तेश्रो भएका थिए । यस पटकको बिजयीमध्येबाट दुई जना प्रत्यारोपितलाई यसै बर्षको जुन महिनामा स्पेनको मालागामा आयोजना हुने विश्वप्रत्यारोपण खेलकुदमा सहभागी गराईने डा. श्रेष्ठले जानकारी दिए । समारोहमा युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपालीले प्रत्यारोपितहरुलाई शिपमुलक तालिम दिई उत्पादनशील नागरिक बनाउन सहयोग गर्ने बताए । प्रतियागितामा सुप्रसिद्ध गायीका एवं आरोग्य प्रतिष्ठानकी अध्यक्ष आनी छोईङ्ग डोल्मा, सभासद प्रेम सुवाललगायत वरिष्ठ चिकित्सक, समाजसेवी र राजनीतज्ञहरुको सहभागिता रहेको थियो । सोही समारोहमा मृगौला प्रत्यारोपित खेमराज निरौलाद्धारा लिखित पुस्तक “जीवनको खोजीमा” विमोचन गरिएको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नयाँ वर्षमा ‘म स्वस्थ, मेरो देश स्वस्थ्य’
Next article एमालेको घोषणापत्रमा स्वास्थ्यका ६ बुँदा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132504
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

33
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

37
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

34
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web