• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 7th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

अब सर्जिकल उपकरणको पनि खुद्रा मूल्य

May 9th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
अब सर्जिकल उपकरणको पनि खुद्रा मूल्य

सरकारले अब प्रविधिजन्य स्वास्थ्य सामग्री वा उपकरणको पनि खुद्रा मूल्य तोक्ने गरि  निर्देशिका बनाएको छ । स्वास्थ्य मन्त्रालयले तयार पारेको प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरण सम्बन्धी निर्देशिका  २०७४ हालै मन्त्रिपरिषदले पारित गरेको छ । प्रविधिजन्य स्वास्थ्य सामाग्री भन्नाले शल्यक्रिया गर्दा चाहिने सामग्रीका साथै मेडिकल उपकरण, प्रत्यारोपणयन्त्र, मापनयन्त्र, गर्भ निरोधक साधन वा बस्तु पनि पर्दछन् । निर्देशिका अनुसार औषधि परामर्श परिषद वा औषधि सल्लाहकार समितिको राय लिएर अधिकतम खुद्रा मूल्य तोकिनेछ । निर्देशका बनाउनु पर्ने माग धेरै अगाडि देखि नै उठ्दै आएको थियो । यो निर्देशिका लागू भएपछि गुणस्तरीय स्वास्थ्य सामग्री तथा उपकरणहरु  खरिद गर्न मात्र नभएर सस्तो समेत पर्ने स्वास्थ्यमन्त्री गगन थापाले बताए ।

‘स्वास्थ्य सामग्री तथा उपकरण किन्दा कुनलाई कति पर्ने हो ? त्यसको गुणस्तर के हुने ? जस्ता व्यवस्था नहुँदा गुणस्तर र रकममा सन्तुलन थिएन,’ थापाले भने, ‘अबदेखि यसबाट करोडौं रुपैयाँको सदुपयोग हुनेछ भने गुणस्तरीय सामग्रीहरु मात्रै खरिद हुने छन् ।’

प्रविधिजन्य स्वास्थ्य सामग्री वा उपकरणको गुणस्तर रहे नरहेको सम्बन्धमा उद्योग मन्त्रालय अन्तर्गतको नाप तौल तथा गुणस्तर विभाग, राष्ट्रिय औषधि प्रयोगशाला, जनस्वास्थ्य प्रयोगशालाबाट परीक्षण गरिने छ जहाँ विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले निर्धारण गरेको मापदण्डलाई आधार मानिनेछ ।

यस्ता उपकरणको खरिद, गुणस्तर, मूल्य लगायतको अनुगमन औषधि व्यवस्था विभागले गर्नेछ ।डब्लूएचओको मापदण्ड नभएको अवस्थामा प्रचलित अन्तर्रा्ष्ट्रिय मान्यता समेतका आधारमा प्रविधिजन्य स्वास्थ्य सामग्री वा उपकरणको राष्ट्रियस्तर निर्धारण गरिनेछ । राष्ट्रियस्तर निर्धारण गर्दा मानव तथा पशु स्वास्थ्यमा पर्ने असर तथा जोखिम समेतलाई ध्यानमा राख्नु पर्ने निर्देशिकामा उल्लेख छ ।

राष्ट्रियस्तर बमोजिम गुणस्तर कायम नभएको प्रविधिजन्य स्वास्थ्य सामग्री वा उपकरण नेपालभित्र उत्पादन वा पैठारी गर्न पाइने छैन । मन्त्रालयले कुनै पनि मुलुकमा एकपटक प्रयोग भइसकेका तथा पुराना प्रविधिजन्य स्वास्थ्य सामग्री नेपालभित्र बिक्री वितरण तथा प्रयोग गर्न पाइने छैन । देशभरि विक्री वितरण हुने औषधिको निगमन गर्ने काम औषधि विभागले गरिरहेको भए पनि यस किसिमका उपकरण र रसायनको गुणस्तरण मापन गर्ने, मूल्य तोक्ने र अनुगमन गर्ने निकाय छैन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article फेरि जीवनजलको उत्पादन सुरू
Next article गगनको विरोधमा औषधि आयात ठप्प हुने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

Jul 3rd 11:46 AM
समाचार

अब सिंहदरबार भित्रै हुने भयो निजामती कर्मचारीको स्वास्थ्य जाँच

Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133243
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

52
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

36
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

55
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web