• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 17th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

अब सर्जिकल उपकरणको पनि खुद्रा मूल्य

May 9th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
अब सर्जिकल उपकरणको पनि खुद्रा मूल्य

सरकारले अब प्रविधिजन्य स्वास्थ्य सामग्री वा उपकरणको पनि खुद्रा मूल्य तोक्ने गरि  निर्देशिका बनाएको छ । स्वास्थ्य मन्त्रालयले तयार पारेको प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरण सम्बन्धी निर्देशिका  २०७४ हालै मन्त्रिपरिषदले पारित गरेको छ । प्रविधिजन्य स्वास्थ्य सामाग्री भन्नाले शल्यक्रिया गर्दा चाहिने सामग्रीका साथै मेडिकल उपकरण, प्रत्यारोपणयन्त्र, मापनयन्त्र, गर्भ निरोधक साधन वा बस्तु पनि पर्दछन् । निर्देशिका अनुसार औषधि परामर्श परिषद वा औषधि सल्लाहकार समितिको राय लिएर अधिकतम खुद्रा मूल्य तोकिनेछ । निर्देशका बनाउनु पर्ने माग धेरै अगाडि देखि नै उठ्दै आएको थियो । यो निर्देशिका लागू भएपछि गुणस्तरीय स्वास्थ्य सामग्री तथा उपकरणहरु  खरिद गर्न मात्र नभएर सस्तो समेत पर्ने स्वास्थ्यमन्त्री गगन थापाले बताए ।

‘स्वास्थ्य सामग्री तथा उपकरण किन्दा कुनलाई कति पर्ने हो ? त्यसको गुणस्तर के हुने ? जस्ता व्यवस्था नहुँदा गुणस्तर र रकममा सन्तुलन थिएन,’ थापाले भने, ‘अबदेखि यसबाट करोडौं रुपैयाँको सदुपयोग हुनेछ भने गुणस्तरीय सामग्रीहरु मात्रै खरिद हुने छन् ।’

प्रविधिजन्य स्वास्थ्य सामग्री वा उपकरणको गुणस्तर रहे नरहेको सम्बन्धमा उद्योग मन्त्रालय अन्तर्गतको नाप तौल तथा गुणस्तर विभाग, राष्ट्रिय औषधि प्रयोगशाला, जनस्वास्थ्य प्रयोगशालाबाट परीक्षण गरिने छ जहाँ विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले निर्धारण गरेको मापदण्डलाई आधार मानिनेछ ।

यस्ता उपकरणको खरिद, गुणस्तर, मूल्य लगायतको अनुगमन औषधि व्यवस्था विभागले गर्नेछ ।डब्लूएचओको मापदण्ड नभएको अवस्थामा प्रचलित अन्तर्रा्ष्ट्रिय मान्यता समेतका आधारमा प्रविधिजन्य स्वास्थ्य सामग्री वा उपकरणको राष्ट्रियस्तर निर्धारण गरिनेछ । राष्ट्रियस्तर निर्धारण गर्दा मानव तथा पशु स्वास्थ्यमा पर्ने असर तथा जोखिम समेतलाई ध्यानमा राख्नु पर्ने निर्देशिकामा उल्लेख छ ।

राष्ट्रियस्तर बमोजिम गुणस्तर कायम नभएको प्रविधिजन्य स्वास्थ्य सामग्री वा उपकरण नेपालभित्र उत्पादन वा पैठारी गर्न पाइने छैन । मन्त्रालयले कुनै पनि मुलुकमा एकपटक प्रयोग भइसकेका तथा पुराना प्रविधिजन्य स्वास्थ्य सामग्री नेपालभित्र बिक्री वितरण तथा प्रयोग गर्न पाइने छैन । देशभरि विक्री वितरण हुने औषधिको निगमन गर्ने काम औषधि विभागले गरिरहेको भए पनि यस किसिमका उपकरण र रसायनको गुणस्तरण मापन गर्ने, मूल्य तोक्ने र अनुगमन गर्ने निकाय छैन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article फेरि जीवनजलको उत्पादन सुरू
Next article गगनको विरोधमा औषधि आयात ठप्प हुने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
May 17th 3:56 AM
समाचार

अन्धोपन निवारणको क्षेत्रमा स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी

May 17th 3:28 AM
समाचार

फुड सप्लिमेन्ट खाद्य प्रविधि विभागले हेर्छ, कसैको हस्तक्षेप स्विकार्य छैन : कृषि मन्त्री

May 15th 4:13 PM
समाचार

मानसिक स्वास्थ्य समस्या सम्बोधन गर्न जनशक्ति थप्ने स्वास्थ्य मन्त्रालयको तयारी

May 8th 7:58 AM
समाचार

मेरो मिर्गौला फेल हुनुको कारण अत्यधिक पेन किलर हो : प्रधानमन्त्री ओली

May 6th 9:42 AM
समाचार

न्याम्सको २३ औं वार्षिकोत्सवमा राष्ट्रपति पौडेलले भने, चिकित्सक विदेसिनु चिन्ताको विषय

May 3rd 9:21 AM
बिशेषज्ञ लेख

सुर्तीजन्य पदार्थमा कर बढाउनैपर्छ । स्वास्थ्यले अर्थलाई कर बढाउन सिफारिस गरिसकेको छ ।

May 2nd 5:58 AM
समाचार

स्थानीय तहमा स्थायी दरबन्दीको माग गर्दै फर्मासिस्ट आन्दोलनमा

Apr 28th 10:50 AM
समाचार

निर्णय भएको मितिदेखि नै ४८ हजार निर्वाह भत्ता दिने चिकित्सा शिक्षा आयोगको निर्णय

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131508
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

15
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

17
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

16
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web