• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 8th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

मौसमी रुघाखोकीका बिरामी बढे

November 12th, 2017 समाचार, स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मौसमी रुघाखोकीका बिरामी बढे

केही दिनयता अस्पतालमा मौसमी रुघाखोकीका बिरामी बढेका छन् । अस्पतालमा उपचार गर्न आउनेमध्ये ८० प्रतिशत बिरामीमा मौसमी रुघाखोकी र ज्वरोको समस्या हुने गरेको छ । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका डा. शेरबहादुर पुनका अनुसार कम्तीमा पनि दैनिक २० जना रुघाखोकी र ज्वरोका बिरामी भर्ना हुने गरेका छन् । तिहारयता उपत्यकामा मौसमी रुघाखोकीसँगै इन्फ्लुएन्जा एचवान एनवान फाट्टफुट्ट देखा परेको छ । मौसम बदलीको समयमा रुघाखोकीका बिरामी देखिने गर्छन् ।

एचवान एनवानसँग मिल्दोजुल्दो
पुनका अनुसार अधिकांश बिरामीमा इन्फ्लुएन्जा एचवान एनवानसँग मिल्दोजुल्दो लक्षण देखिने गरेको छ । ‘इन्फ्लुएन्जा ए, बी र सी गरी तीन प्रकार हुन्छन् । तर, तीनवटाको लक्षण भने एउटै हुन्छ’ डा. पुनले भने रुघाखोकी, ज्वरो आउँनासाथ इन्फ्लुएन्जा हो-होइन भनेर परीक्षण गरिँदैन । तर, इन्फ्लुएन्जा एचवान एनवान हुने सम्भावना भने धेरै हुन्छ ।’

रुघाले मात्रै ज्वरो र खोकी लाग्दैन
अहिले अधिकाश मानिसमा हाछ्यु आउने, नाकबाट पानी बग्ने, ज्वरो आउने, खोकी लाग्ने समस्या रहेको पुन बताउँछन् । ‘अत्यधिक खोकी लाग्ने, ज्वरो आउने समस्या सामान्य रुघाले मात्रै हुँदैन । टेकु अस्पतालमा मात्रै कम्तीमा दैनिक २० जना रुघा, खोकीका बिरामी आउने गरेका छन्,’ पुनले भने, ‘त्यसमध्ये केहीमा एचवान एनवान देखिएको छ ।’ १००.४ डिग्री फेरन हाईट ज्वरो आए, घाँटी दुख्ने, श्वास फेर्न समस्या हुने र ५ दिनसम्म निरन्तर ज्वरो आए यस्तो अवस्थामा एचवान एनवान परीक्षण गर्नुपर्ने पुनको भनाइ छ ।

चिकित्सकको सुझाब

डा. पुनले अहिले पनि मौसमी रुघा, खोकी एचवान एनवान देखिएको भन्दै स्वास्थ्यमा ख्याल गर्न आग्रह गरेका छन् । रुघा, खोकी र ज्वरो आएको अवस्थालाई सामान्य रूपमा लिन नहुने उनको सुझाब छ । ‘एकदम बढी ज्वरो आए, खोकी लाग्ने सँगसँगै श्वासप्रश्वासमा समस्या भए तुरुन्त चिकित्सकलाई देखाउनुपर्छ,’ उनले भने, ‘बिरामीलाई १०० डिग्रीभन्दा कम ज्वरो भए आत्तिनुपर्दैन । घरमै बसेर झोलिलो खानेकुरा खाँदा हुन्छ ।’

(नँया पत्रिकाबाट साभार)

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article प्रहरी अस्पताल सर्वसाधारणकालागि खुल्ला
Next article साधन प्रयोग गर्नेमा नपढेका बढी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

Jul 3rd 11:46 AM
समाचार

अब सिंहदरबार भित्रै हुने भयो निजामती कर्मचारीको स्वास्थ्य जाँच

Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133247
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

47
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

28
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

52
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web