• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 30th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

एन्टिबायोटिक प्रयोग गर्दा जान्नै पर्ने कुरा

November 17th, 2017 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
एन्टिबायोटिक प्रयोग गर्दा जान्नै पर्ने कुरा

हेल्थ टुडे

विभिन्न किसिमका सूक्ष्म जीवाणु (ब्याक्टेरिया) ले धेरै किसिमका रोग जन्माउँछन् । यस्ता सूक्ष्म जीवाणुको संक्रमणबाट विभिन्न रोग लाग्नुका साथै ज्वरो आउने, घाउ पाक्ने, खोकी लाग्ने, शरीर सुन्निने आदि विभिन्न लक्षणहरू देखा पर्दछन् । सूक्ष्म जीवाणुको संक्रमणका विरुद्धमा प्रयोग हुने औषधिलाई एन्टिबायोटिक भनिन्छ । सूक्ष्म जीवाणुको किसिमअनुसार प्रयोग गर्नुपर्ने एन्टिबायोटिक पनि फरकफरक हुन्छ र एउटै एन्टिबायोटिक सबै संक्रमणमा उपयोगी हुँदैन ।  दिनमा कति पटक प्रयोग गर्ने र कति अवधिसम्म प्रयोग गर्ने भन्ने पनि संक्रमण र एन्टिबायोटिकअनुसार फरकफरक हुन्छ । यी कुराको जानकारी चिकित्सक र स्वास्थ्यकर्मीलाई हुने भएकाले उनीहरूको सल्लाहअनुसार मात्र एन्टिबायोटिकको प्रयोग गर्नुपर्दछ ।

१. चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह बिना बिरामी स्वयंले एन्टिबायोटिक औषधिको सेवन गर्नु हुँदैन । चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह बिना एन्टिबायोटिक औषधिको प्रयोग गर्दा औषधिले संक्रमणबाट मुक्ति नदिनेमात्र होइन, रिएक्सन भएर मानिसको ज्यान जोखिममा पर्न सक्छ ।

२. गर्भवती वा स्तनपान गराइरहेकी महिलाले आफूखुसी एन्टिबायोटिक औषधि सेवन गर्दा शिशुमा समेत नराम्रो असअर पर्न सक्छ तथा अंगभंग भएको वा सुस्तमनस्थिति भएको बच्चा जन्मन सक्दछ ।

३. एन्टिबायोटिकको पूरा मात्र नखानाले ब्याक्टेरियाले एन्टिबायोटिक विरुद्धमा लड्ने क्षमता (प्रतिरोध) को विकास गर्दै र अर्को पटक सो एन्टिबायोटिकको प्रयोग गर्दा रोग निको नहुने हुन सक्छ ।

४. प्रतिरोध विकास गरेको ब्याक्टेरियाको संक्रमण जोसुकैलाई भए पनि सो एन्टिबायोटिकले असर नगर्ने भएकाले प्रतिरोध विकास गर्नु भनेको समुदाय र व्यक्तिको लागि मात्र होइन, विश्वकै लागि समस्या हुन सक्छ । त्यसैले सधैं चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाहमा मात्र एन्टिबायोटिकको प्रयोग गरौं, गराऔं ।

५. नियम र अवधि नपु¥याएर एन्टिबायोटिक सेवन गरेमा रोगका लक्षणहरू नदेखिने भए पनि रोग निको नभई पुनः बल्झिने हुन सक्छ र अरूलाई उक्त रोग सर्न सक्दछ जसले गर्दा उनीहरूमा पनि त्यो समस्या देखा पर्दछ ।

६. भाइरसबाट हुने रूघाखोकीलगायत अन्य साधारण रोगमा एन्टिबायोटिकले असर गर्दैन ।

७. एन्टिबायोटिक औषधि सधैं चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाहमा तोकिएको मात्रा र अवधिसम्म अनिवार्य रूपमा प्रयोग गरौं ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चिसो बढ्दैछ, रुघाखोकीबाट यसरि बचौ !
Next article कति गुणस्तरीय छन् नेपालमा पाइने कन्डम  

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

Jun 27th 3:11 AM
समाचार

स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

Jun 23rd 5:02 PM
समाचार

वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल

Jun 23rd 4:55 PM
समाचार

सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार गोराखपत्रका स्वास्थ्य पत्रकार ढुङ्गेललाई

Jun 18th 10:46 AM
समाचार

राष्ट्रपति पौडेलद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण

Jun 17th 4:41 PM
समाचार

नेपालमा विश्व जनसंख्याको अवस्था प्रतिवेदन सार्वजनिक

Jun 12th 8:41 AM
समाचार

सुर्ती उद्योगको प्रभावमा परेर सुर्तीजन्य पदार्थमा बृद्धि भएन करको दर

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131635
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

17
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web