• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 21st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

एन्टिबायोटिक प्रयोग गर्दा जान्नै पर्ने कुरा

November 17th, 2017 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
एन्टिबायोटिक प्रयोग गर्दा जान्नै पर्ने कुरा

हेल्थ टुडे

विभिन्न किसिमका सूक्ष्म जीवाणु (ब्याक्टेरिया) ले धेरै किसिमका रोग जन्माउँछन् । यस्ता सूक्ष्म जीवाणुको संक्रमणबाट विभिन्न रोग लाग्नुका साथै ज्वरो आउने, घाउ पाक्ने, खोकी लाग्ने, शरीर सुन्निने आदि विभिन्न लक्षणहरू देखा पर्दछन् । सूक्ष्म जीवाणुको संक्रमणका विरुद्धमा प्रयोग हुने औषधिलाई एन्टिबायोटिक भनिन्छ । सूक्ष्म जीवाणुको किसिमअनुसार प्रयोग गर्नुपर्ने एन्टिबायोटिक पनि फरकफरक हुन्छ र एउटै एन्टिबायोटिक सबै संक्रमणमा उपयोगी हुँदैन ।  दिनमा कति पटक प्रयोग गर्ने र कति अवधिसम्म प्रयोग गर्ने भन्ने पनि संक्रमण र एन्टिबायोटिकअनुसार फरकफरक हुन्छ । यी कुराको जानकारी चिकित्सक र स्वास्थ्यकर्मीलाई हुने भएकाले उनीहरूको सल्लाहअनुसार मात्र एन्टिबायोटिकको प्रयोग गर्नुपर्दछ ।

१. चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह बिना बिरामी स्वयंले एन्टिबायोटिक औषधिको सेवन गर्नु हुँदैन । चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह बिना एन्टिबायोटिक औषधिको प्रयोग गर्दा औषधिले संक्रमणबाट मुक्ति नदिनेमात्र होइन, रिएक्सन भएर मानिसको ज्यान जोखिममा पर्न सक्छ ।

२. गर्भवती वा स्तनपान गराइरहेकी महिलाले आफूखुसी एन्टिबायोटिक औषधि सेवन गर्दा शिशुमा समेत नराम्रो असअर पर्न सक्छ तथा अंगभंग भएको वा सुस्तमनस्थिति भएको बच्चा जन्मन सक्दछ ।

३. एन्टिबायोटिकको पूरा मात्र नखानाले ब्याक्टेरियाले एन्टिबायोटिक विरुद्धमा लड्ने क्षमता (प्रतिरोध) को विकास गर्दै र अर्को पटक सो एन्टिबायोटिकको प्रयोग गर्दा रोग निको नहुने हुन सक्छ ।

४. प्रतिरोध विकास गरेको ब्याक्टेरियाको संक्रमण जोसुकैलाई भए पनि सो एन्टिबायोटिकले असर नगर्ने भएकाले प्रतिरोध विकास गर्नु भनेको समुदाय र व्यक्तिको लागि मात्र होइन, विश्वकै लागि समस्या हुन सक्छ । त्यसैले सधैं चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाहमा मात्र एन्टिबायोटिकको प्रयोग गरौं, गराऔं ।

५. नियम र अवधि नपु¥याएर एन्टिबायोटिक सेवन गरेमा रोगका लक्षणहरू नदेखिने भए पनि रोग निको नभई पुनः बल्झिने हुन सक्छ र अरूलाई उक्त रोग सर्न सक्दछ जसले गर्दा उनीहरूमा पनि त्यो समस्या देखा पर्दछ ।

६. भाइरसबाट हुने रूघाखोकीलगायत अन्य साधारण रोगमा एन्टिबायोटिकले असर गर्दैन ।

७. एन्टिबायोटिक औषधि सधैं चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाहमा तोकिएको मात्रा र अवधिसम्म अनिवार्य रूपमा प्रयोग गरौं ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कति गुणस्तरीय छन् नेपालमा पाइने कन्डम  
Next article चिसो बढ्दैछ, रुघाखोकीबाट यसरि बचौ !

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Aug 19th 1:25 PM
समाचार

डब्लूएचओ र युएनएफपिएले स्वास्थ्य सेवा सुदृढ गर्न नयाँ कार्यक्रम सुरु गर्ने

Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134174
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

120
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

13
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

125
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web